• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

कोरोना सङ्क्रमित बढ्दै : रुघाखोकी भन्दै बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

  •   बिहिबार, चैत १६, २०७९ मा प्रकाशित

काठमाडौं – नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण फेरि बढ्न थालेको छ । गएको भदौ मसान्तमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ११० थियो । त्यसपछि क्रमशः घटेर शून्यमा पुगेको सङ्क्रमण पछिल्लो एक सातामा बढ्दै गएको हो ।

चैत ८ गते शून्य सङ्क्रमण रहेकोमा चैत १३ गते आइपुग्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले देखाउँछ ।

चैत १५ गते ३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार १४ गते २४ जनामा, १२ गते १६ जनामा, ११ गते ३ जनामा, १० गते २ जनामा र ९ गते १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले भारतमा कोभिड–१९ सङ्क्रमण दर बढेकाले नेपालमा पनि सङ्क्रमित देखिन थालेको बताए ।

सीमा नाकामा निगरानी

भारतमा कोरोना सङ्क्रमित बढेकाले नेपाल–भारत सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई सङ्क्रमण देखिएको निर्देशक डा। दासले बताए । नेपाल–भारत सीमा नाका श्रीनगर, कृष्णनगर, बेलहिया, गड्डा चौकी हुँदै नेपाल प्रवेश गर्नेहरूमा सङ्क्रमण पुष्टि भएको उनले सुनाए । उनले भने, ‘भारतको उत्तर प्रदेशमा कोरोना सङ्क्रमणको केस बढिरहेकाले सोही प्रदेशसँग जोडिएको सीमा नाकाको प्रवेश बिन्दूमा सङ्क्रमित पाइएको छ ।’

केही दिन यता सङ्क्रमितको संख्या बढ्न थालेकाले सीमा नाकाहरूमा निगरानी बढाइएको उनले जनाए । सबै सीमा नाकामा भारत हुँदै नेपाल प्रवेश गर्नेहरुलाई परीक्षणलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

उनले भने, ‘सीमा नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूलाई निगरानी बढाइएको छ । सङ्क्रमितलाई कडाइका साथ मापदण्डमा आधारित नियम पालना गर्न भनेका छौँ ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले जुनसुकै भेरियन्ट आए पनि कोभिड–१९ को जोखिम कम गर्न सबैले सजगता अपनाउनुपर्ने बताए ।

रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह

पछिल्लो एक साता यता कोभिड–१९का सङ्क्रमित बढेपछि स्वास्थ्य मन्त्रालयले रुघाखोकी लागेको हो भनेर बेवास्ता नगर्न सबैमा आग्रह गरेको छ । रुघाखोकी र कोभिड–१९ का लक्षण मिल्दाजुल्दा हुने भएकाले सावधानी अपनाउन जरुरी रहेको डा। अधिकारीको भनाइ छ ।

कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने, गन्ध थाहा नपाउने, घाँटी दुख्ने वा खसखस हुने, थकान महसुस हुने, टाउको दुख्ने, नाकबाट सिँगान बग्ने, हाच्छिउँ आउने लक्षण देखिन्छ ।

मन्त्रालयका सहप्रवक्ता अधिकारीले कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न आफू र अरुलाई सुरक्षित राख्न सबै उपाय अपनाउन आग्रह गरे । सङ्क्रमणबाट जोगिनका लागि सही तरिकाले मास्क लगाउन, कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबुनपानीले हात धुने वा सेनीटाइजर प्रयोग गर्न, हावा आवतजावत हुने स्थानमा बस्न, खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा कुहिनाको प्रयोग गर्न उनको सुझाव छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाउन पनि सबैमा आग्रह गरेको छ । सरकारले स्वास्थ्य केन्द्रहरूबाट दोस्रो बुस्टर डोज खोप दिइरहेको छ । सरकारले दीर्घरोगी, ज्येष्ठ नागरिक, फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई दोस्रो बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

 

  • कोरोना सङ्क्रमित
बिहिबार, चैत १६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागुऔषधसहित पाँच जना पक्राउ
जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

समाचार

सबै

लागुऔषधसहित पाँच जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

लागुऔषधसहित पाँच जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.