काठमाडौं- काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर अस्पतालको छतमा अवतरण गर्नेक्रममा सो दुघर्टना भएको जनाइएको छ । हेलिकोप्टरको पछाडिको पंखा फुत्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमान अस्पतालमा विरामी लिन पुगेको जनाइएको छ । दुर्घटनामा अन्य कुनै क्षति भने भएको छैन । अहिले हेलिकोप्टर अस्पतालको छतमै रहेको छ ।













