धनगढी- धनगढीमा प्रथम रिया स्पोर्टस कप ब्याटमिन्टन प्रतियोगिता २०८० आयोजना हुने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ वर्षको अवसर पारेर वैशाख १ र २ गते प्रथम रिया स्पोर्टस कप ब्याटमिन्टन प्रतियोगिता हुन लागेको जानकारी गराएको हो।
धनगढी रङ्गशालामा हुने ब्याटमिन्टन प्रतियोगितामा सहभागी हुन चैत ३० गते साँझ ५ बजेसम्म टिम दर्ता गराइसक्नुपर्ने प्रतियोगीताका संयोजक प्रकाश सिंहले जानकारी दिए। उनले टिम दर्ता शुल्क १५ सय तोकिएको बताए । ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगदसहित प्रमाण पत्र पाउने उनले बताए ।
ब्याटमिन्टन प्रतियोगितामा राष्ट्रिय खेल र क्षेत्रीय खेल खेलेका खेलाडीहरू सहभागी हुन नपाउने खेल प्रशिक्षक तथा निर्देशक केशव बडूवालले बताए। ब्याटमिन्टन खेलको नियमानुसार नै खेलाइने र खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहकाले खलेमा सहभागी हुन पाउने बताए। वैशाख १ गते बिहान ७ बजे ब्याटमिन्टन प्रतियोगिता उद्घाटन हुने जानकारी दिए।













