धनगढी- कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा मृत्यु भएका सुत्केरी र बच्चाको शव उठ्न सकेको छैन । सोमबार गोदावरी नगरपालिका–२ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको थियो।
उपचारमा लारबाही भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। अस्पताल प्रशासनसँग छलफल भए पनि माग पूरा नभएको पीडितको गुनासो छ।
मृतकका श्रीमान शिवराज भट्टराईले सोमबार राति भएको छलफलमा मंगलबार बिहान ८ बजेसम्म छानबिन समिति गठन गर्ने भनिएपनि समिति गठनमा बेवास्ता गरिएको बताए ।















