कञ्चनपुर- कञ्चनपुरमा माटोको ढिस्कोले च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ५ की इश्वरी खड्काको बुधवार माटोको ढिस्कोले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वनदेवी सामुदायिक वनमा घर पोत्ने माटो खन्दै गर्दा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जनाएको हो।
उनी नेपाल पूर्व प्रहरी संगठन कृष्णपुर नगर अध्यक्ष तथा सेवा निवृत्त प्रहरी नायव निरीक्षक ९सई० रामबहादुर खड्काकी धर्मपत्नी हुन्। घटनाको सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।















