• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

महाकाली कोरिडोर : जिरो प्वाइन्ट ब्रह्मदेवबाट ट्र्याक खोल्न सुरु

  •   शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

महेन्द्रनगर- महाकाली कोरिडोर आयोजनाको कञ्चनपुर खण्डमा सडकको ट्र्याक खोल्ने कार्य थालिएको छ। कञ्चनपुरको ब्रह्मदेवस्थित जिरो प्वाइन्टबाट रुख काट्ने काम बुधबारबाट सुरु भएको हो।

कोरिडोर निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश नआएर कोरिडोरको काम रोकिएको थियो। मङ्गलबार कटानीको आदेश आएसँगै राति नै सामान फिल्डमा झारेर कटानको काम सुरु गरिएको निर्माण कम्पनी दिवा सनीदेव जेभीले जनाएको छ। रुख छपान र कटानसँगै ट्र्याक खोल्ने काम सुरु भएको हो।

कञ्चनपुरदेखि डडेलधुरा, बैतडी हुँदै दार्चुलासम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्न झन्डै डेढ दशकअघि महाकाली कोरिडोर आयोजना सुरु भएको थियो। सब–डिभिजन वन कार्यालय ब्रह्मदेवले सडक क्षेत्रमा पर्ने रुखमा टाँचा लगाउने काम गरिरहेको महाकाली कोरिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए ।

उनका अनुसार लामो समयको पर्खाइपछि कञ्चनपुर खण्डमा पर्ने रुख कटानको आदेश आएको छ। अहिले वनले रुखमा टाँचा लगाउने काम गरिरहेको छ। ब्रह्मदेव जिरो प्वाइन्टबाट व्यास गाउँपालिकाको तुसारपानीसम्म ३३४ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य जिरो प्वाइन्टबाट सुरु भएको छ। त्यसभन्दा माथि तिङ्करसम्म ३३४ किलोमिटर पछि ४२५ किलोमिटरसम्म ९१ किलोमिटर नेपाली सेनाले बनाउने जनाइएको छ।

आयोजनाका प्रमुख जोशीका अनुसार पहिले ब्रह्मदेवलाई जिरो प्वाइन्ट माने पनि अहिले त्रिदेशीय नाका बनाउन महाकाली पुलको चार लेन जोड्ने गरेर थप १५ किलोमिटर सडक थप्न फाइल मन्त्रालय पुगेको छ, १५ किलोमिटर थपिन्छ।

दुई वर्षअघि दिवा सनीदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुर खण्डमा पर्ने ११ किलोमिटर र डडेलधुरा खण्डको चार किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो। कञ्चनपुर खण्डमा ठेक्का सम्झौता भएको दुई वर्षपछि ट्र्याक खोल्न थालिएको हो। डडेलधुरा खण्डको चार किलोमिटर सडकको ट्र्याक खोलिएको निर्माण कम्पनीका सञ्चालक देवीदत्त भट्टले बताए ।

उनले भने, ‘डडेलधुरामा चार किलोमिटरमा ट्र्याक खोलिसकेका छौँ, कञ्चनपुर खण्डमा वनले अनुमति नदिँदा रोकिएको थियो, अब तीव्र गतिमा काम गर्छौं।’ केही महिनाअघि मन्त्रीपरिषद्ले रुख र पोल साइजका रुख कटान गर्न दिने निर्णय गरेको थियो तर वन विकास कोषमा रकम जम्मा गर्न ढिलाइ गरिँदा अन्योल सिर्जना भएको थियो।

भीमदत्त नगरपालिका–९, ब्रह्मदेवदेखि डडेलधुराको सीमासम्म ११ किलोमिटरमा एक हजार ५३२ रुख र ४१९ पोल साइजका साना रुख पर्छन्। मन्त्रीपरिषद्ले फागुन १५ मा रुख र पोल साइजका गरेर एक हजार ९५१ रुख कटानका लागि निर्णय गरेको थियो।

महाकाली किनारका चार जिल्ला जोड्ने ४२५ किलोमिटर लामो सडकखण्डमध्ये २१५ किलोमिटरमा ट्र्याक खोलिएको छ। कोरिडोरअन्तर्गत महाकाली किनारबाट कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको छाङरुरतिङ्करसम्म सडक बन्नेछ।

कोरिडोरअन्तर्गत डडेलधुरा खण्डमा पर्ने २७ किलोमिटर सडकको ट्र्याक खोलिएको आयोजना प्रमुख जोशीले बताए । अझै ३१ किलोमिटर खण्डको रुख कटान आदेश आइनसकेको आयोजना प्रमुख जोशीले बताए । उनले भने, ‘आदेश आएको छैन प्रक्रियामै छौँ, आदेश आउने बित्तिकै काम सुरु हुन्छ।’

बैतडी खण्डअन्तर्गत पर्ने रुख कटानको म्याद नाघेकाले रुख कटान हुन नसकेको प्रमुख जोशीले बताउनुभयो। बैतडीमा चार हजार ५९६ र दार्चुलामा दुई हजार ४३ रुख कटान गर्नुपर्नेछ। आयोजनाले ट्र्याक खुलेका केही ठाउँमा कालोपत्रेका लागि पनि ठेक्का सुरु गरेको छ। डडेलधुरा र दार्चुलामा गरेर चार प्याकेजमा ३८ किलोमिटर कालोपत्रेको ठेक्का भएको आयोजना प्रमुख जोशीले बताए ।

  • महाकाली कोरिडोर
शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

समाचार

सबै

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.