• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

पश्चिम नेपालमा ठूलो भूकम्प जाने पूर्वानुमान

  •   आइतबार, बैशाख १७, २०८० मा प्रकाशित

काठमाडौँ- पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ।

यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ। तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा र भारतसँग जोडिएका भूभागमा कुनै पनि समय आठ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जाने प्रक्षेपण गरेको छ।

वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले त्यति ठूलो भूकम्प केही वर्ष वा दशकभित्र जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । उनले भने, ‘जुन दिन शक्ति धान्न नसकिने अवस्थामा पुग्छ त्यही बेला धर्तीबाट भूकम्पको स्वरूपमा शक्ति बाहिर निस्कन्छ।’

त्यस भेगमा करिब पाँच सय वर्षयता ठूलो भूकम्प गएको छैन। त्यसैले पनि ठूलो भूकम्प जाने सम्भावना बलियो हुँदै गएको तर्क भूकम्पविद्हरूको छ। बाजुरामा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म लगातार चारवटा भूकम्प गए। पाँच दिनअघि पनि भूकम्प गएको थियो।

बिहीबार राति करिब १२ बजे पहिलो भूकम्प ४.९ म्याग्निच्युडको थियो भने बिहान साढे एक बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। शुक्रबार बिहान पाँच बजेर ५७ मिनेटमा ३.९ म्याग्निच्युड र बिहान नौ बजेर २५ मिनेटमा ४।१ म्याग्निच्युडको भूकम्प गयो। यो क्रम जमिनमुनिको शक्ति ठूलो भूकम्पका रूपमा बाहिर ननिस्किएसम्म जारी रहने केन्द्रले जनाएको छ।

लगातार पहाड हल्लिन थालेपछि स्थानीय बासिन्दा राति राम्ररी निदाउन सकेनन्। गत वर्षको भूकम्पले घर भत्किएका पीडितहरू पालको भरमा रहेकै बेला फेरि लगातार भूकम्प गएपछि स्थानीयमा त्रास बढेको छ। शुक्रबारदेखि दैनिकी पनि ढुक्कका साथ सञ्चालन गर्न सकेका छैनन्।

यसअघि बाजुरामा वैशाख १० गते पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले चार म्याग्निच्युडभन्दा साना भूकम्प धेरैवटा गइरहेको जानकारी दिए । उनले दुवै भूकम्पपछि १२९ वटाभन्दा बढी पराकम्पको धक्का महसुस गरिएको जानकारी दिए ।

भूकम्पले बाजुराको पूर्वी–उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा २३ वटा घर भत्किएका छन्। हिमाली गाउँपालिका–२ का वडाध्यक्ष रणबहादुर बुढाले बिहीबार राति गएको भूकम्पले हिमाली गाउँपालिका–२ कोट, कोटीका, रुम्दी, नाटी खोलालगायत टोलका घर पूर्ण रूपमा भत्किएको जानकारी दिए । गत माघ १० गते बाजुराको स्वामिकार्तिक मेलामा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पले चर्किएका घर बिहीबारको भूकम्पले पूरै भत्किएका छन्।

वडाध्यक्ष बुढाका अनुसार घर भत्किएपछि अहिले यहाँका स्थानीय त्रिपालमा बसिरहेका छन्। गत माघमा गएको भूकम्पले गौमुल गाउँपालिकामा एक महिलासहित ६५ भेडाबाख्रा मरेका थिए। हिमाली गाउँपालिकामा केही घर भत्किएको भन्ने कुरा जानकारीमा आएपछि प्रहरी त्यो ठाउँमा गएको र वास्तविक घरमा क्षति भएको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुरामा गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण, ५०९ आंशिक र ४६३ घरमा सामान्य क्षति भएको थियो।

बिछिया आसपास केन्द्रबिन्दु भएर गत माघ १० गते ५.९ र फागुन १० गते ५।२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसअघि गत कात्तिक २३ गते डोटीको खप्तड आसपास केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसले ७९६ वटा पराकम्पको धक्का दोहो(यायो।
गोरखापत्रबाट 

  • ठूलो भूकम्प
आइतबार, बैशाख १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

समाचार

सबै

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.