• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

बाँदरले सताउन नछोडेपछि खेतीपाती छोड्दै पाल्पा सगाहबासी

  •   शनिबार, बैशाख २३, २०८० मा प्रकाशित

पाल्पा – राम्रो उब्जाउ जमिन भए पनि खेती लगाएर स्याहार्नै नसकेर पाल्पा रम्भा गाउँपालिका-१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् ।

मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि अचेल खेती गर्नै छाडेको बताउँछन् सगाहाका किसान ऋषिराम अर्याल । उनको सानो चनौटे क्षेत्रमा मात्रै करिब आठ रोपनी जमिन अहिले बाँझै छ ।

वर्षमा तीनबाली राम्रो उत्पादन दिने खेत भए पनि बाँदरले लगाएको बाली माटोभित्र खोस्रेर खान थालेपछि अहिले धानबालीबाहेक अन्य खेती लगाउन अर्यालले छाडिदिए । उनले भने, ुरातदिन खेतबारीमा कुरेर बस्न सकिएन, माटोभित्र लगाएको बीउसमेत खोस्रेर खाएर केही उब्जन पाउँदैन । सिँचाइ प्रशस्त लाग्ने जमिन भए पनि बाँदरकै कारण जग्गा बाँझो राख्न बाध्य छौँ, आफूले वर्षौंदेखि खेती गरिरहेको जमिन बाँझिदा मन खुसी छैन, बाँदरले घरमा एक्लै बस्न नसक्ने अवस्था छ, झम्टने, चितोर्ने गरेर हैरान पारेको छ ।ु

गाउँका जङ्गल, खरबारीमा रुख बिरुवा बढ्दै गएका छन् । महिला, ज्येष्ठ नागरिक, बालबालिकालाई देख्यो कि बाँदरले झम्टिने गरेको हुँदा घरभित्र ढोका लगाएर बस्नुपर्ने अवस्था रहेको अर्याल बताउँछन् । एक समूहमा तीन सयदेखि पाँच सयसम्म बाँदर एकै पटक गाउँ पस्ने गरेकाले स्थानीयलाई आफ्नै सुरक्षा गर्न हम्मेहम्मे पर्ने गरेको छ ।

राम्रो सिँचाइ सुविधा पुगेको बिर्ताखण्डको सात रोपनी जग्गामा वर्षे धान खेतीबाहेक अन्य अन्नबाली लगाउन छाडेको छविलाल डुम्रेले बताए । सो जग्गामा उनले बिगतमा विभिन्न बालीनाली लगाएर उत्पादन लिँदै आएका थिए ।

मकै, गहुँ, आलु, चना, केराउ, तोरीलगायतका विभिन्न अन्नबाली राम्रै उत्पादन हुने करिब सात रोपनी खेतमा वर्षको एकबाली धानबाली मात्र लगाउने गरेको उनी बताउँछन् । बाँदर समस्याले विगत सात वर्षदेखि उब्जाउ जमिन बाँझिन पुगेको उनको भनाइ छ ।

ुसिँचाइ सुविधा राम्रो भएपछि खेती गरेर अन्नबाली स्याहार्नै पाइँदैन, वर्षे धान खेतीबाहेक अन्य बाली लगाउन छाडेको धेरै वर्ष भइसक्यो । बाँदरको विकराल समस्याले खेती गरेर ढुक्कले बालीनाली स्याहार्न नपाएपछि हामी किसानले कसरी जीविकोपार्जन गर्ने हो भन्ने पिरलोले रातदिन सताउँछ, खेती गरेर खान खोज्दा पनि बाँदरले गर्न पाइँदैनु, उनले भने ।

जङ्गल बढ्दै जाँदा ठूलो समूहमा आएका बाँदरले स्थानीयलाई घरमा बस्नसमेत डर हुने गरेको छ । खेती गरेर लगानी उठाउन नसकिने अवस्था छ । समूहमा गाउँ पसेका बाँदरले घरका आँगन, बार्दली, पिँढीमा राखेका अनाज खाएर सखापै पार्ने गरेको छ । माथिल्लो बारीमा पर्ने करिब तीन रोपनी जग्गा तीन वर्षदेखि बाँझिदै गएको पिताम्बर अर्याल बताउँछन् । उनले बालीनाली लगाएर स्याहार्नै नपाइने अवस्था भएपछि अहिले खेती गर्न छाडेका छन् ।

ग्लष्नदिभ द्यद्यब्म्ब्ख्
खेती गर्न छाडेपछि जमिन झार ढाकेको छ । राम्रो अन्नबाली उत्पादन हुने बलौटा डुम्रीकुना खेत अहिले बाँझो बनेको बताउँछन् नारायण रेग्मी । उनको दाजुभाइसहितको करिब एक सय पाँच रोपनी जग्गामध्ये हाल ५० रोपनी जग्गा बाँझै छ । राम्रै अन्नबाली उब्जाउ हुने जमिन भएपछि बाँदर आतङ्कले खेती गर्नै छाडेको उनको भनाइ छ ।

सगाहा क्षेत्रका सानो चनौटेको करिब ११, अम्मोटे क्षेत्रका २४, सुखौटाका ५०, बुढीयाबारी एक सय ५०, बिर्ताखण्डको ३५, सगाहाको माथिल्लोबारी एक सय, सिमलगैरा खण्डको एक सय ५० रोपनी क्षेत्रफल बाँझिदै गएको छ । खेतखण्ड रहेका अम्मौटे, सुखौरा, सानो चनौटे, बिर्ता क्षेत्रमा राम्रो सिँचाइ सुविधा पुगे पनि बाँदरले सताउन थालेपछि अहिले बाँझै राख्न कृषक बाध्य छन् ।

पहिला वनजङ्गलमा प्रशस्त मात्रामा बाँदरका लागि आवश्यक पर्ने विभिन्न फलफूल, कन्दमूल पाइन्थ्यो । हिजोआज सालका रुखबाहेक अन्य रुख फँडानी गर्ने कार्यले आहार अभावमा बाँदर गाउँ पस्न थालेको हो । हिजो घाँस काट्ने खरबारी अहिले वनजङ्गलमा परिणत भएको छ । जसले गर्दा बाँदरले सोही खरबारीलाई बासस्थान बनाएर गाउँमा ठूलो सङ्ख्यामा पसेर सताउने गर्दछ ।

यो क्षेत्रमा विगत पाँच सात वर्षदेखि बाँदर पसेर सताउने गरे पनि स्थानीयले ढुक्कले खेती लगाएर स्याहार्न पाएका छैनन् । बाँदर धपाएर पनि नभाग्ने भएपछि खेती नै लगाउन छाडेको कृषकको गुनासो छ । गाउँमा युवापुस्ता पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा बाहिर रहने, घरमा बालबालिका, ज्येष्ठ नागरिक, महिलामात्रै बस्ने गर्दा पनि बाँदरले घरमा एक्लै देखेमा मानिसलाई झम्टने, चिथोर्ने, घरभित्र राखेका विभिन्न खानेकुरा खाने गरेको छ । बाँदर आतङ्कले रम्भाको सगाहा मात्र नभई अन्य क्षेत्रमा पनि सताइरहेको छ ।

कतिपय ठाउँमा बाँदरकै कारण स्थानीयले आफ्नो थलो छाड्नुपरेको छ । गाउँमा बसेर खेती गरेर खान नपाउने अवस्था भएपछि सहर बजार नजिकका क्षेत्र तथा तल्ला समथर क्षेत्रमा स्थानीय बसाइँसराइ गरी जान बाध्य छन् । गाउँका खेतीयोग्य जमिन बाँझो बनेको छ । सहर बजार तथा तल्ला समथर क्षेत्रमा बसोबास भरिन थालेका छन् । खानेपानी, सिँचाइ, मोटरबाटोलगायतका सुविधा भए पनि बाँदर समस्याको कारण देखाउँदै पछिल्लो समय धेरैले पुर्खौली बस्ती छाड्दै गएको बताएका छन् । रासस

  • पाल्पा सगाहबासी
शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

समाचार

सबै

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.