धनगढी- कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लम्किचुहा नगरपालिका–३ ब्यवस्थितनगरबाट जोशीपुर गाउँपालिका–७ का २१ वर्षीय अमृत चौधरी लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
शुक्रवार साढे ९ बजे राती इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिडीरहेका चौधरीको साथबाट ३ ग्राम ३ सय ४० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको हो।
कालो रङको जिन्स हाप पाइन्टको बायाँ खल्तीमा लागु औषध ९खैरो हेरोइन० लुकाई राखेको अवस्थामा भेटिएको हो। लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय लम्की कैलालीले जनाएको छ।















