काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी गर्जिए पुनस् देश कब्जा हुने बताएका छन्। पार्टीको दलित संगठनले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूहरुलाई ३२ सिटे भनेर ट्रोल बनाउने गरेको जिकिर गरे।
‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने।
नक्कली शरणार्थी बनाउने प्रकणमा जोडिएकाहरूले बडो व्यंग्य कसेर प्रचण्डको हालत हेर त भनेर खिस्सि गरेको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘ प्रचण्ड पुसको जाडोमा बिहान बिहान सडकमा बसेको छ भनेर भन्थे।सम्झिनु भएको छ तपाईंहरूले? त्यसको केही समयमा लाखौं मान्छे प्रतिगमनका विरुद्ध सडकमा आए। प्रतिगमनकारी परास्त भए, अनि नेपाली जनताको जीत भयो।’













