कञ्चनपुर- नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले उच्चस्तरीय आयोग गठन गरेर शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापित पीडितहरूको पुनर्स्थापना गर्न माग गरेका हुन् ।
‘कञ्चनपुर जिल्लाको शुक्लाफाँटा आरक्ष बिस्तारको नाममा २०५८ सालदेखि विस्थापित आरक्षपीडितहरू शिविरमा छन् । समस्या समाधानको नाममा दर्जनौँ आयोग गठन गर्ने र कहिले पनि समाधान नहुने भएको हुनाले सरकारले छिटोभन्दा छिटो उच्चस्तरीय समिति गठन गरेर समाधान गर्नुपर्यो,’ उनले भने ।













