• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

महाकालीमा बालुवा छानेर जीविका धान्नेका पीडा : ‘नछाने भोकै बस्नुपर्छ’

  •   बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

वेदकोट- गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली। गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन्। उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन्। सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरुवा छ, उनीहरुसँग। कोही खाल्डामा पसेर उत्खनन गर्दैछन् त कोही गिट्टी, बालुवा छुट्याउन छान्ने जालीसम्म ढुवानी गर्ने काममा व्यस्त छन्।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकालीमा यसरी गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। नदी तटका क्षेत्रमा बस्ने विपन्न परिवारको आम्दानीको स्रोत हो- गिट्टी, बालुवा। ब्रह्मदेवकी कलावती पाललाई महाकालीमा बालुवा छान्ने काम गर्न थालेको ५ वर्ष भइसक्यो। दिनभरि महाकालीमा बालुवा छाने मात्रै बेलुका उनको चुलोमा आगो बल्छ।

‘घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन,’ उनी भन्छिन्, ‘बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ।’ ​कलावतीका पति मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन्। उनीहरुका ४ छोराछोरी छन्।

‘खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छाप्रो मात्रै छ,’ मानसिंहले भने, ‘महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ।’महाकालीमा बालुवा छान्ने काममा ब्रह्मदेवकी चन्द्रा भुलको जीवनको आधा समय घर्कियो। घरबाट बिहान खाना खाएर निस्किएर बेलुका अबेरसम्म महाकालीमा गिट्टी, बालुवा छान्ने उनको दैनिकी नै हो।

‘यहीँ गिट्टी, बालुवा सङ्कलन गरेर बिक्री गर्छौं, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो,’ उनले भने, ‘खाद्यान्न खरिददेखि बालबच्चाको विद्यालयको खर्च यही कमाईले गर्नु पर्छ।’

७/८ महिना बालुवा छानेर कमाएको पैसाले घरखर्च जोहो गर्न धौ–धौ हुने गरेको धौली नेगी बताउँछिन्। ‘गिट्टी छानेर बिक्री गरेको पैसाले खर्च जोहो गर्नै मुस्किल पर्छ। नुन, तेल, खाद्यान्न सबै किनेरै खानुपर्छ,’ उनले भनिन्, ‘कमाईको स्रोत यही एउटा छ, सबै खर्च धान्न मुस्किल पर्छ।’

कात्तिक सुरुआतदेखि जेठ अन्तिमसम्म नदी तटीय क्षेत्रका विपन्न परिवार बालुवा छान्ने काम गर्छन्। नदीमा बाढी आउने समयमा बेरोजगार हुने हुनाले परिवार पाल्नै समस्या हुने गरेको उनीहरुको गुनासो छ।

‘कात्तिकदेखि जेठसम्म मात्रै नदीमा काम पाइन्छ, अरू समय बेरोजगार बस्नु पर्दा घरखर्च चलाउन समस्या हुन्छ,’ चन्द्रा भुलले भनिन्, ‘गाउँमा ऋण निकालेर खर्च चलाउँछौँ, सिजनमा कमाएर ऋण तिर्छौं।’

कञ्चनपुरका नदी तटीय क्षेत्रका विपन्न समुदायका स्थानीय बालुवा, गिट्टी बिक्री गरेर जीविकोपार्जन गर्ने गरेका छन्। गिट्टी, बालुवा बेचेर मासिक १५ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको उनीहरुको भनाइ छ।

बालुवा प्रतिट्रली १ हजार ५ सय र गिट्टी २ हजार ७ सय रूपैयाँमा बिक्री गर्ने गरेको दूरा भुलले बताइन्।

‘एक मान्छेलाई ट्रली बनाउन हप्ताभन्दा बढी नै लाग्छ, २र३ जना मिलेर गरे २र३ दिनमा पनि ट्रली तयार हुन्छ,’ उनले भनिन्, ‘ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन्।’

वर्षौंदेखि गिट्टी, बालुवाको मूल्य नबढेको उनले बताइन्। ‘सुरुमा पनि हामीले यतिमै बिक्री गर्थ्यौं, सबैतिर महँगाइ छ,’ उनले भनिन्, ‘तर अझै गिट्टी, बालुवाको मूल्य बढेको छैन।’

कात्तिकदेखि मंसिरसम्म गिट्टी प्रतिट्रली ३ हजार रूपैयाँसम्म बिक्री गर्ने गरिएको रेश्मा भुलले बताइन्।

‘कहिलेकाहीँ बालुवा, गिट्टी बिक्री नहुँदा सस्तोमै पनि बिक्री गर्नुपर्छ,’ उनले भनिन्, ‘काम नपाउँदा कर्जा निकालेर खर्च चलाउनुपर्छ, सिजनमा कमाएको पैसा कर्जा तिर्नमै जान्छ।’ रासस

 

  • बालुवा छाने
बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.