धनगढी- धनगढीमा बेवारिसे अवस्थामा बेहोस भेटिएका पुरुषको पहिचान खुलेको छ । सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा बेहोस अवस्थामा भेटिएर युवक कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का गणेशबहादुुर सार्की हुन् ।
सोमबार राति सार्की होटलमा बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुगाउने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।













