• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

तेस्रो चरणको महाकाली सिँचाइ आयोजना : नहर बन्यो, पानी आएन

  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित

कञ्चनपुर- महाकाली सिँचाइ आयोजना तेस्रो चरणको डेढ वर्षअघि नै उद्घाटन गर्ने योजना बनाइएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उद्घाटनको कार्यतालिका बनेको थियो । कोरोना महामारीका कारण देउवाको भारत भ्रमण स्थगित भयो । दुवै देशका प्रधानमन्त्रीले भर्चुअल रुपमा उद्घाटन गर्ने योजना पनि रोकियो ।

गत वर्ष असारमा महाकाली सिँचाइ आयोजना अन्तर्गत हाल तयार भएको मूल नहरको पहिलो खण्डमा टनकपुर ब्यारेजबाट परीक्षणका लागि नहरमा पानी छाडियो । आयोजनाले सोही पानीबाट केही किसानले असार १५ मा रोपाइँ पनि गरे । त्यसयता भने नहरमा पानी बन्द छ । भारतीय पक्षले नहरको औपचारिक उद्घाटनपछि मात्रै पानी छाड्ने अडान लिएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पनि औपचारिक उद्घाटनको तयारी गरिएको थियो । तर भारतीय अधिकारीको गलत रिपोर्टिङका कारण उद्घाटन हुन सकेन ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणअघि आयोजना र भारतको एनएचपीसी९नेसनल हाइड्रोपावर कर्पोरेसन० का अधिकारीले संयुक्त रुपमा नहरको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा सबै तयारी पूरा भएको जानकारी गराइएको थियो । तर एनएचपीसीका अधिकारीले नेपालतर्फ नहर निर्माणको काम पूरा नभएकाले तत्काल उद्घाटन गर्न नसकिने रिपोर्टिङ गरेपछि उद्घाटन हुन नसकेको आयोजनाका इन्जिनियरले बताएका छन् ।

संयुक्त अनुगमनका क्रममा आयोजनाको नहरमा टनकपुर ब्यारेजबाट २ किलोमिटरको दुरीमा बालुवा थिग्र्याउने ९डिसेल्टिंङ बेसिन० प्रणाली निर्माणको काम भइरहेको थियो । उद्घाटनका तयारीका लागि रातारात काम पनि भयो । नहरको पानी निकासका लागि कामिकाँटे खोलामा पानी छाड्न ढोका पनि जडान भयो ।

‘हामीले उद्घाटनको तयारीका लागि रातारात काम गर्‍यौं, एनएचपीसीका अधिकारीले तयारी नभएको रिपोर्टिङ गरे,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शभ्मुराज पण्डितले भने, ‘भारतीय पक्षकै कारण यस पटक पनि उद्घाटन रोकियो ।’ उनका अनुसार एनएचपीसीका अधिकारीले सुरुमा उद्घाटनको तयारी गर्ने आश्वासन दिएका थिए । तर पछि गलत रिपोर्टिङ गरियो ।

आयोजनाले उद्घाटनका लागि यसअघि नै विभागमा पत्राचार गरिसकेको छ । भारतीय पक्षले उच्चस्तरबाटै उद्घाटन गरेर मात्रै पानी छाड्ने अडान लिएको छ । ‘हामीले असार पहिलो साता उद्घाटनको तयारी गरिरहेका छौं, धान दिवस नहरकै पानीबाट रोपाइा गरेर मनाउछौं,’ सीडीई पण्डितले भने, ‘फेरि उद्घाटनका लागि पहल भइरहेको छ ।

अयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ । नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणको काम सुरु भइसकेको छ । २२ वटा शाखा नहर निर्माण भएपनि ५१ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । शाखा नहर निर्माणसँगै केही पुराना सिँचाइ प्रणालीबाट खेतमा पानी पुर्‍याउन सकिन्छ । यही भएर आयोजनाले पानी सञ्चालनका लागि पटक पटक आग्रह गर्दै आएको छ ।

अहिले २८ देखि ४८ किलोमिटरसम्म मूल नहर निर्माणको काम चलिरहेको छ । चालु आर्थिक वर्षभित्रै उक्त काम पनि सक्ने योजना रहेको आयोजनाका निर्देशक रणबहादुर बमले बताए । आगामी आर्थिक वर्षमा आयोजनाका लागि १ अर्ब १७ करोड बजेट विनियोजन भएको छ । राष्ट्रिय गौरवको आयोजना भएपनि अपेक्षाकृत बजेट विनियोजन हुन सकेको छैन ।

आर्थिक वर्ष ०६२र०६३ मा निर्माण सुरु गरिएको आयोजना अन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ । कैलालीको मालाखेती हुँदै कञ्चनपुरको पुनर्वासम्म पुग्ने सिँचाइ आयोजना सम्पन्न भएपछि ३३ हजार ५२० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । यसैगरि महाकाली पारिको दोधाराचाँदनी क्षेत्रमा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । जसका लागि टनकपुर ब्यारेजबाट बर्खामा १ हजार क्युसेक र सुख्खायाममा साढे ३ सय क्युसेक पानी प्राप्त हुनेछ ।

तर दोधाराचाँदनीतर्फ भने हालसम्म नहर निर्माणको काम सुरु भएको छैन । दोधाराचाँदनीका लागि भारतले शारदा नहरबाट पानी उपलब्ध गराउने महाकाली सन्धिमा उल्लेख छ । कान्तिपुरबाट

  • महाकाली सिँचाइ
बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

समाचार

सबै

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.