काठमाडौँ- प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुदूरपश्चिम प्रदेशको सह–संयोजक पदको जिम्मेवारी सुम्पिएको छ।
कर्णालीको जुम्लाबाट निर्वाचित शाहीलाई प्रदेश सह-संयोजकको पनि जिम्मेवारी दिइएको हो। उनी पार्टीका प्रवक्ता पनि हुन्। शाहीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार उक्त जिम्मेवारी तोकिदिएका हुन्।
प्रदेश संयोजक एवम् पार्टीका उपाध्यक्ष उद्धव पौडेलको समन्वयमा रही कार्य सम्पादनमा सघाउन भन्दै शाहीलाई सह–संयोजकको जिम्मेवारी दिइएको हो।













