• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

कैलालीको सामुदायिक वनमा व्यापक फँडानी, छानबिन गर्न समिति गठन

  •   आइतबार, साउन ०७, २०८० मा प्रकाशित

धनगढी- कैलालीको गोदावरी नगरपालिका– १२, स्थित रातोपानी सामुदायिक वनमा व्यापक फँडानी भएको छ । चुरेसँग जोडिएको सामुदायिक वनमा तस्कर समूहले करिब दुई दर्जन रूख कटान गरेर काठ तस्करी गरेको स्थानीयले बताएका छन् । सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा केही सातायता वन फँडानी भएको उपभोक्ताको दाबी छ ।

वन फँडानी भएपछि स्थानीय उपभोक्ताको टोलीले वन क्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सालका २२ वटा रूख कटान भएको आफूहरूले भेटेको उपभोक्ता बम मिजारले बताए । ‘रूख काटेर वनमै काठ चिरान गरेको देखियो । हामीले २२ वटा रूख काटेको फेला पा¥यौँ,’ उनले भने, ‘वनभित्र अन्यत्र पनि रूख काटिएका होलान् ।’

रूख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समूहको कार्यसमितिका दुईजना सदस्य पक्राउ परेका छन् । उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर विकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सबवन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ ।

स्थानीय उपभोक्ताले सामुदायिक वनका अध्यक्षसहित पदाधिकारीको मिलेमतोमा वन फँडानी भएको आरोप लगाएका छन् । सामुदायिक वनका पदाधिकारीको संलग्नताविना ठूलो संख्यामा रूख कटान सम्भव नभएको उपभोक्ता मिजारले बताए । ढलापडा रूखको केही क्युफिट काठ कटानको अनुमति लिएर वनका पदाधिकारीले फँडानी गरेको उनले बताए ।

‘कार्यसमितिकै पदाधिकारीको संलग्नता देखिएको छ । यसबारे छानबिन हुनुपर्छ,’ अर्का उपभोक्ता भीमबहादुर विकले भने, ‘वन कार्यालयले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याओस् ।’ वनका कर्मचारीको समेत मिलेमतो रहेको उनले दाबी गरे । सामुदायिक वनबाट काठ तस्करीका घटना पटकपटक हुने गरेका विकले बताए ।

वन फँडानी भएको खबरपछि गएको टोलीले दुईजनालाई पक्राउ गर्नुका साथै दुई सय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको सबवन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले जानकारी दिए । उनले वन फँडानीमा सामुदायिक वनका पदाधिकारीसमेत संलग्न रहेको देखिएको बताएका छन् ।

‘कार्यसमितिका दुई सदस्य पक्राउ परेका छन् । केही पदाधिकारीको पनि संलग्नता देखिएको छ । मुद्दा चलाउने तयारीमा छौँ,’ उनले भने । अनुगमनका क्रममा १६ वटा रूख काटेको भेटिएको कडालले बताए । यसबारे बुझ्न खोज्दा अध्यक्ष कैलाश विकसँग सम्पर्क हुन सकेन ।

मन्त्रालयद्वारा छानबिन समिति गठन

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रातोपानी सामुदायिक वनमा भएको वन फँडानीबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सचिव वेदकुमार ढकालले मन्त्रालयका उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए ।

सामुदायिक वनका उपभोक्ताको लिखित उजुरी आएपछि मन्त्रालय आफैँले छानबिन थालेको उनले बताए । ‘सामान्यतया वन निर्देशनालयलाई छानबिन गर्न भन्थ्यौँ । तर, उपभोक्ताको पत्र हेर्दा गम्भीर लागेर मन्त्रालय आफैँले छानबिन अगाडि बढाएको हो,’ सचिव ढकालले भने, ‘निर्देशनालयबाट पनि समितिमा त्यो क्षेत्र नहेर्न व्यक्ति राख्न भनेका छौँ ।’

उपभोक्ताको गुनासोपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सचिव ढकालको टोलीले यसअघि रातोपानी सामुदायिक वनमा रूख कटान भएको क्षेत्रको निरीक्षणसमेत गरेको थियो ।

निरीक्षणका क्रममा मन्त्री धामीले छानबिन गरेर वन फँडानीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताए । उनले वन फँडानी भएको देखिएको भन्दै फँडानी गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको रातोपानी सामुदायिक वन चुरेसँग जोडिएको महत्वपूर्ण भावर क्षेत्र हो । नयाँपत्रिकाबाट

  • व्यापक फँडानी
आइतबार, साउन ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.