• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

बाढीबाट हुने क्षति न्यूनीकरणमा जुटे कञ्चनपुरका स्थानीय तह

  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित

कञ्चनपुर- बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन् । यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय तहले कृत्रिम घटना नमूना अभ्यासलगायतका कार्यक्रमलाई अगाडि बढाएका छन् ।

बाढी आउनुपूर्व अपनाउनुपर्ने सावधानी, बाढी आइसकेपछि अपनाउने क्रियाकलापसँगै बाढीपश्चात गर्नुपर्ने कार्यबारे स्थानीय समुदायलाई जानकारी दिन थालेका हुन् ।

‘विसं २०६५ मा ठूलो बाढी आयो, पूर्वसावधानी अपनाउन नसक्दा निकै ठूलो धनजनको क्षति भयो,’ शुक्लाफाँटा नगरपालिका विपद् शाखाका प्रमुख कृष्णदत्त भट्टले भने, यति ठूलो बाढी आउला भनेर कसैले कल्पना गरेकै थिएनन्, विपद् पूर्वजानकारी दिएर नआउने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा जुटेका छौँ ।’

पुर्नवास नगरपालिका वातावरण तथा विपद् शाखाका प्रमुख ओमनाथ ढकाल बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सचेतना अभियान थालिएको जानकारी दिए ।

‘गत वर्ष बाढी आउँदा नगरपालिकाका वडा नं २, ५ र १० का बासिन्दा निकै प्रभावित भए, बाढीजन्य प्रकोपबाट बच्नका लागि तयारी पुगेको थिएन,’ उनले भने, ‘पूर्वतयारी नहुँदा दोदा नदीको बाढी बस्तीमा पस्दा डुबानको समस्या सिर्जना भयो, जसबाट स्थानीय बासिन्दाले खाद्यान्न, लत्ताकपडा र भौतिक पूर्वाधारमा क्षति बेहोर्नुपर्‍यो ।’

विगतको बाढीजन्य प्रकोपबाट पाठ सिक्दै सचेतनासँगै नगरस्तरीय विपद् व्यवस्थापन समितिका कार्यदलका सदस्यलाई बाढी पूर्वतयारीका अभ्यास गराइएको उनको भनाइ छ । उनका अनुसार नगरपालिकाले यसवर्ष बाढीजन्य प्रकोपमा फसेका व्यक्तिको उद्धार गर्न मोटरबोट खरिद गरेको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुर र मर्सिकोरको साझेदारीमा सञ्चालित एमरेड परियोजनाले बाढीजन्य प्रकोप न्यूनीकरणको पूर्वतयारीमा स्थानीय तहसँंग समन्वय गरी कार्य गरिरहेको छ । विपद् व्यवस्थापनका लागि परियोजनाअन्तर्गत आवश्यक सामग्री उपलब्ध गराइएको छ ।

बाढीजन्य प्रकोपबाट स्थानीय बासिन्दाको जीउधनको सुरक्षाका लागि पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदलका सदस्यको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम दिने गरिएको परियोजनाका संयोजक महेश घिमिरेले बताए ।

बाढीजन्य प्रकोपबाट बर्सेनि हुँदै आएको मानवीय क्षति न्यूनीकरणका लागि समुदायलाई बलियो बनाउन पूर्वतयारी गर्नु आवश्यक रहेको विपद्का क्षेत्रमा लामो समयदेखि क्रियाशील जनक लेखकको भनाइ छ ।

‘स्थानीयस्तरमा गठन भएका कार्यदलको क्षमता परीक्षण गर्नका लागि नमूना कृत्रिम अभ्यास सकारात्मक छ, यसले बाढीजन्य प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणमा सघाउ पुर्याउँछ,’ उनले भने, ‘कार्यदलका सदस्यको कमी(कमजोरी पत्ता लगाई सक्षम बनाउने कार्यसँगै स्थानीय समुदालाई बाढीजन्य प्रकोपसँग लड्नका लागि सक्षम बनाउँछ ।’

उनका अनुसार हालसम्म पुर्नवास नगरपालिकाका नौ र शुक्लाफाँटा नगरपालिकाका दुई गरी ११ समुदायमा बाढी पूर्वतयारीका लागि कृत्रिम घटना नमूना अभ्यासको कार्य गरिएको छ ।

‘बाढीजन्य प्रकोपबाट बच्ने उपायबारे जानकार नहुँदा डुबानमा पर्दा मात्रै सुरक्षित स्थानतर्फ जाने गरेका थियौँ,’ पुर्नवास नगरपालिका पदम परियारले भने,

‘नगरपालिकाले थालेको सचेतना अभियानले बाढीजन्य प्रकोपबारे जानकार भएका छौँ, आपत्कालीन सञ्चालन केन्द्रसँंग समन्वय गरी बाढीजन्य प्रकोपबारे जानकारी लिन्छौँ, नदीको पानी खतरा तह पार गर्नअघि नै सुरक्षित स्थानमा जाने गरेका छौँ, यसबाट मानवीय क्षति हुन पाएको छैन ।’ बाढीजन्य प्रकोपबाट बर्सेनि कञ्चनपुरमा झन्डै २० हजार बढी घरधुरी प्रभावित हुने गरेका छन् । रासस

  • न्यूनीकरणमा जुटे
मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.