धनगढी- दलित महिला संघ (फेडो) कैलालीले नेपालमा दलित महिलाको मानवअधिकार सबलीकरण परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम मंगलबार धनगढीमा सम्पन्न गरेको छ ।
फाउण्डेसन फर जस्टीस सोसाइटीको सहयोगमा फेडोले सामाजिक लेखापरीक्षण कार्यक्रम गरेको हो । यस अन्तर्गत कैलालीका दुई स्थानीय तह गोदवारी नगरपालिका र बर्दगोरीया गाउँपालिकामा ९ महिनासम्म संस्थाले गरेको काम सार्वजनिक गरेको छ । यस कार्यक्रमबाट दुई पालिकामा ६५० जनाले प्रत्यक्ष लाभान्विभ भएका छन् ।
संस्थाको जम्मा वार्षिक बजेट २८ लाख ५४ हजार ६५ रुपैया रहेको छ । संस्थाले समूह बनाएर ४ लाख बीऊ पूजीलाई घुम्ती कोषका रुपमा समूहमा परिचालन गरी आयआर्जनलाई समूहमा प्रभावकारिता दिइरहका छन् । २० जना महिलाहरुलाई दैनिक आयआर्जन बढाउने क्रियाकलाप सञ्चालन गर्नका लागि व्यवसायीक उत्पादन गर्नका लागि ऋण दिइएको हो ।
संस्थाले ९ महिनासम्म कार्यक्रम सञ्चालन गर्नका लागि १९ लाख ७१ हजार दुई सय छुटाएको थियो । जसको १७ लाख ८९ हजार ३९१ सय रुपैया खर्च भएको हो । जसको ९०.७७ प्रतिशत हुन्छ । यस्तै कार्यक्रम सञ्चालनमा १७ लाख ८४ हजार ९ सय रुपैया छुटाएकोमा १६ लाख तीन हजार १४१ रुपैया खर्च भएको छ जसको ८९ प्रतिशत हुन्छ ।
यस्तै कार्यलय सञ्चालन गर्न एक लाख ८६ हजार तीन सय रुपैया छुटाएकोमा एक लाख ८६ हजार २५० रुपैया खर्च भएको हो । जसको ९९ प्रतिशत हुन्छ ।
स्थानीय स्थरमा महिलाहरुको क्षमता अभिवृद्धि गर्न र दलित महिलाहरु लाई माथि उकासनका लागि फेडोले राम्रो काम गरेको कार्यक्रममा सहभागि महिलाहरुले बताएका छन् ।
दलित महिलाहरु पहिला देखि नै पिछडिएको र यस संस्थाले महिलाहरु लाई आत्मानिर्भर बनका लागि रकम लगानी लगाएर विभिन्न व्यवसायमा सग्लन रहेको धेरै कुरा सिकेको उनीहरुले बताएका हुन् । समुह बनाएर खुद्रा पसल र बाख्रा पालन गर्दै आइरहेको उनीहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका नगर उप–प्रमुख कन्दकला रानाले सानो रकममा पनि ठूलो काम भएको र महिलाहरु आत्मानिर्भर भएको बताइन् । गरिवी अशिक्षा सूचनामा पहुँच नहुनु अपराध भएको र यसको अन्त्य गर्ने जरुरी रहेको उनले बताइन् ।
अहिले उपमहानगरपालिकाले सबैलाई सम्मान दृष्टिकोणले हेर्ने गरेको उनको भनाइ छ । दलित समुदायमा बालिकाहरुको डाटा संकलन गर्ने र उसको गुणस्तरिय शिक्षाका लागि उपहानगरपालिकाले बजेट छुटाएको उनले बताइन् ।
महिलाहरु लाई आत्मनिर्भर बनका लागि उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको उनले बताइन् । धनगढी भित्र सामाजिक र मानविय विकासमा ६० प्रतिशत रकम छुटाएको दाबी गरिन ।
दलित महिला संघ (फेडो) कैलालीकी अध्यक्ष सविना सुनारले गत वर्ष पनि दलित महिलाहरु लाई आत्मानिर्भर बनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताइन् । आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता लिने उदेश्य रहेको उनले बताइन् ।
कैलालीका केही पालिकाहरुमा समूह बनाइएर दलित महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि रकमहरु विनियोजन गरेको उनको भनाइ छ । यस सस्थाले दिन तालिम लगायत अन्य कार्यक्रमबाट दलित महिलाहरु लाभावित भएको उनले बताइन् । दलित महिला संघ (फेडो) कैलालीका संयोजक विनोद घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।













