धनगढी- नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको अध्यक्षमा तेज सिंह ठकुरी चयन भएका छन् । सातौँ जिल्ला अधिवेशन बाट सर्वसम्मत निर्वाचित अध्यक्षमा तेज सिंह ठकुरी, उपाध्यक्षहरूमा कुन्दन पाण्डेय, मनोज भट्ट, किशोर तामाङ, सचिव देवेन्द्र खड्का, सह–सचिव अनिता लावड र कोषाध्यक्षमा शंकरदत्त अवस्थी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा जयबहादुर ऐर, चुडामणी अवस्थी, महादेव अवस्थी, चन्द्रकान्त जोशी, नवराज अवस्थी, ऐश्वर्य कुँवर, दीर्घ राज ओझा, राजमती बम, खडक रावल र कविता गौड निरबिरोध चयन भएका छन् ।















