धनगढी- कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा स्ववियुले ताला लगाएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गीक क्याम्पसको रूपमा रहेको टिकापुर बहुमुखीमा ताला लागेको हो।
क्याम्पसमा स्ववियुले आफ्ना माग सम्बोधन नगरेको भन्दै कृषि विज्ञान संकाय विभागीय प्रमुख र डिनको कार्यालयमा बिहीबार देखी अनिश्चितकालिन तालाबन्दी गरिदिएको हो। उता अर्को विद्यार्थी सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द गरिदिएको छ।













