कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव घटेपछि शनिबारदेखि चार पांग्रे सवारी साधन सञ्चालन भएको छ । बिहीबारदेखि पानीको बहाव बढेपछि बन्द भएको शारदा ब्यारेजको बनबासा पुल तेस्रो दिन ठूला सवारी साधनका लागि आवगमन खुला गरिएको हो ।
शनिबार महाकालीमा पानीको बहाव ८५ हजार ७१९ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ पानीको बहाव १ लाख १० हजार क्यूसेक पुगेको छ । पानीको बहाव १ लाख नाघ्नेबित्तिकै चार पांग्रे सवारी साधनको अवागमनमा रोक लागइने गरिएको छ ।















