• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

घर–घरमा माओवादी

  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित

धनगढी- नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा अभियान सुरु भएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डको विशेष सम्बोधनसँगै ९ वटै जिल्लामा खटिएका ७९ अभियान टोलीले जनसहभागीसहित उद्घाटन गरेका थिए ।

पार्टी सचिव डिलाराम आचार्यको उपस्थितिमा धनगढी उपमहानगरपालिका सबै वडाको संयुक्त रुपमा अभियानको उद्घाटन गरे । प्रचण्डको सम्बोधनपछि कार्यक्रमलाई सम्बोधन गर्दै सचिव आचार्यले अभियान जनतालाई रुपान्तरण गर्न नभएर माओवादी आफू रुपान्तरण हुन संचालन गरिएको बताए ।

माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो पखाल्न पनि अभियान संचालन गरिएको बताउँदै आचार्र्र्यले भने, “अभियान जनतालाई रुपान्तरण गर्न होइन, माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो सफा गर्न तीन महिने अभियान सुरु गरिएको हो ।” आचार्यले जनयुद्ध र जनआन्दोलनका केही कार्यभार पूरा गर्न बाँकी रहेकोले माओवादी र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक भएको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिना मगर, दिपक साउद, लक्ष्मी बिक, निर्मला बडाल, धनगढी उपमहानरपालिकाका इन्चार्ज निर्मल शाहलगायतले तीन महिने अभियानको आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए ।

त्यसैगरी डोटीको जोरायलमा माओवादी केन्द्रका स्थानीय समिति सदस्य खगराज भट्टको सहभागितामा अभियानको उद्घाटन गरिएको छ । भट्टले समाजवादी क्रान्तिको लागि जनयुद्धको आधार क्षेत्रमा माओवादी फर्किएको बताउँदै अभियानमा जनताको सहभागिता हुनेमा विश्वाय व्यक्त गरे ।

पार्टीका केन्द्रीय सदस्य शरद सिंह भण्डारीले आफूहरु गाउँ फर्केको बताउँदै माओवादी र जनता बीचमा सम्बन्ध जोड्दै समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले समाजवादी क्रान्ति बिना जनताको अवस्था परिवर्तन गर्न नसकिने बताए ।

जिल्ला इन्चार्ज लक्षिराम आचार्यका अनुसार जिल्लाका ६ वटै टोलीले एकसाथ अभियानको उद्घाटन गरेको जानकारी दिए । त्यसैगरी बझाङ, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा, बैतडीमा पनि अभियान एकसाथ उद्घाटन गरिएको नेताहरुले जानकारी दिएका छन् ।

९ वटै जिल्लाको अभियान टोली
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा अभियान टोली खटिएका छन् । जनयसंख्याको हिसाबले घरघरमा पुग्नेगरी कैलालीमा १३ अभियान टीम खटिएका छन् । पार्टीका केन्द्रका सचिव डिलाराम आचार्य पनि कैलालीमै खटिएका छन् ।

कैलालीः केन्द्रीय सचिव डिलाराम आचार्य, केन्द्रीय सदस्यहरु त्रिलोचन भट्ट, शान्ति नेपाली रेणु चन्द, विमला सिंह, देवीलाल चौधरी, मोतिकला चलाउने, देवराज रेग्मी, टेकेन्द्र भट्ट, तारामान स्वार, लोकेन्द्र लम्साल खटिएका छन् । प्रदेश अध्यक्ष हरिराम चौधरीले पनि अभियान टोलीको नेतृत्व गरेका छन् ।

डडेल्धुराः डडेल्धुरा भौगोलिक हिसाबले सानो जिल्ला भएकोले ५ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, भगत बडुवाल, शिवसिंह ओली, रमेश धामी, दलबहादुर धामी र प्रदेश सह-सचिव रामबहादुर देवकर रहेका छन् ।

दार्चुलाः दार्चुलामा १० वटा टोली खटिएका छन् । जिल्ला संयोजक र प्रदेश सदस्यहरुले पनि अभियान टोलीको नेतृत्व गरेका छन् ।
केन्द्रीय सदस्यहरु, नरेन्द्र कुँवर, डम्बर घर्ती, गणेश खत्री, जमानसिंह धामी, भुवन चन्द्र बिक रहेका छन् भने विनोद कुँवर, रामदत्त जोशी, पान पसिंह धामी, लाल बहादुर बिक, प्रदेश सदस्य हुन् । त्यस्तै, जिल्ला संयोजक पदमराज पन्तले पनि अभियान टीमको नेतृत्व गरेका छन् ।

बैतडीः बैतडीमा ८ वटा अभियान टोली खटिएका छन् । एकजना प्रदेश उपाध्यक्ष र ७ जना केन्द्रीय सदस्यले नेतृत्व गरेका छन् । जसमा रामप्रसाद तिमिल्सिना, भक्त विश्वकर्मा, भरत धानुक, माया नेगी, मान सिंह धामी, गणेश खत्री रहेका छन् भने प्रदेश उपाध्यक्ष मान सिंह माल रहेका छन् ।

अछामः अछाम जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । भौगोलिक रुपमा ठूलो मानिएको अछाममा केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला संयोजकले समेत अभियान टोलीको नेतृत्व गरेका छन् । केन्द्रीय सदस्य ओमप्रकाश पुन, कुन्ती जोशी र नरेन्द्र कुँवर रहेका छन् भने केन्द्रीय सल्लाहकार जंग बिक, शिद्धराज भाट र जिल्ला संयोजक रविन्द्र साउद, प्रदेश सदस्यहरु जोरासिंह विष्ट, प्रदेश सहसचिव प्रकाश परियार, प्रदेश सदस्य पहल साउद, इश्वरी थापाले अभियान टोलीको नेतृत्व गरेका छन् ।

डोटीः जिल्लामा ६ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन् । त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन् ।

कञ्चनपुरः जिल्लामा ९ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, नेपबहादुर थारु, वीरमान चौधरी, शंकर खड्का, दिपा चौधरी, सरु थारु, विनिता चौधरी, गोविन्द तिमिल्सिना रहेका छन् । त्यस्तै निर्वाचन आयोग सदस्य हरिराम श्रीपाइलीले दोधारा चाँदनीको अभियान टोलीको नेतृत्व गरेका छन् ।

बाजुराः बाजुरामा ५ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सस्यद देवकी मल्ल, लक्ष्मण खड्का, तिलक परियारले अभियान टोलीको नेतृत्व गरेका छन् भने जिल्ला सचिव रमेशराज बिकले पनि नेतृत्व गरेका छन् ।

बझाङः जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्य लालबहादुर सोडारी, ललित सिंह गगुन्ना, केन्द्रीय अनुशासन आयोगका सदस्य धर्मराम बिक, प्रदेश उपाध्यक्ष, रणबहादुर कुँवर, सहसचिव केशवनाथ योगी रहेका छन् ।

  • माओवादी
आइतबार, भदौ १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

समाचार

सबै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.