धनगढी- कैलालीमा एक घरमा चट्याङ परेको छ। आइतबार परेको चट्याङबाट धनगढी उपमहानगरपालिका–२ शिखर टोलस्थित तेजबहादुर ऐरको घरमा आंशिक क्षति पुगेको छ।
दुई तले ८ कोठे पक्की घरमा चट्याङ पर्दा आंशिक रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ। चट्याङबाट मानवीय तथा पशुचौपायमा क्षति पुगेको छैन्। विद्युतको तार जलेर घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।















