• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

रामारोशनमा पर्यटक अलपत्र, अन्तर्राष्ट्रिय सम्मेलनबारे सरकार अनभिज्ञ

  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित

अछाम- अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर अछामको प्रमुख पर्यटकीय क्षेत्र जाने पर्यटक हुलका हुल भित्रिँदै छन् तर त्यस्तो सम्मेलनबारे कुनै पनि तहका सरकारलाई जानकारी छैन। कतिपय पर्यटक अछामका विभिन्न स्थानमा अलपत्र परेका छन्।

सरकारको इजाजतबिना नै सम्मेलनमा सहभागी हुन ठुलो सङ्ख्यामा अछाम पुगेका पर्यटक कोही जिल्लाको प्रवेश नाकामा रोकिएका छन् भने कोही सम्मेलन हुने भनिएको स्थलमा त्रिपाल टाँगेर बसेका छन्।

भारत, अमेरिका, क्यानडा, पोल्यान्ड, इटाली, रुस, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मनी र थाइल्यान्डलगायतका देशबाट आएका पर्यटक के कस्तो सम्मेलनमा सहभागी हुन आएका हुन् भन्नेबारे प्रस्ट भएको छैन।

स्थानीय प्रशासन र स्थानीय तहलाई समेत सम्मेलनबारे जानकारी नभएपछि स्थानीय प्रशासनले सङ्घीय गृह मन्त्रालयमा सोधेको थियो। त्यसरी सोध्दै गर्दा स्थानीय प्रशासनले केही पर्यटकलाई अछाम प्रवेश गर्ने नाकामै रोक लगाएको थियो। तीन दिनदेखि पर्यटक अलपत्र परेको सूचना प्राप्त भएपछि गृह मन्त्रालयका सूचना अघिकारी उमाकान्त अधिकारीले रामारोशनमा सम्मेलन गर्न कुनै निकायबाट अनुमति लिए नलिएको, कार्यक्रमको प्रकार, कार्यक्रम सञ्चालनको अवधि र सुरक्षा चुनौतीबारे बुझ्न मन्त्रालयले निर्देशन दिएको बताए ।

उनले भने, “कुनै एक व्यक्तिले आह्वान गरेको भरमा पर्यटक त्यहाँ पुगेको सूचना आएको छ। सम्मेलनको प्रकृति, उद्देश्य र वैधानिकता प्रस्ट नभएकाले आयोजकबारे समेत स्पष्ट बुझ्न मन्त्रालयले निर्देशन दिएको छ।” आयोजक को हो रु सम्मेलन कहिलेसम्म सञ्चालन हुने र सुरक्षा चुनौतीबारे बुझ्न निर्देशन जारी भएकाले यसबारे थप अनुसन्धानपछि मात्रै त्यहाँ कार्यक्रम गर्न दिनेरनदिनेबारे टुङ्गो लाग्ने उहाँले बताउनुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत यति ठुलो सङ्ख्यामा पर्यटक के कति कारणले रामारोसन पुगे भन्नेबारे जानकारीमा नआएको बताएको छ। विभिन्न देशबाट दुई हजारभन्दा बढी व्यक्ति रामारोशनमा आएर बृहत् सम्मेलनमा सहभागी हुने सूचना सार्वजनिक भएको थियो तर त्यसको आधिकारिता भने हालसम्म कहीँकतैबाट पुष्टि नहुँदा विदेशी नागरिक अन्योलमा परेका हुन्। अछाम प्रवेश गरिसकेका र रामारोशन जाँदै गरेको अवस्थामा जयगढ बजारमा रोकिएका छन्।

अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सम्मेलनका विषयमा आवश्यक सोधपुछपछि गृह मन्त्रालयलाई पत्रचार गरिएको बताउनुभयो। मन्त्रालयको निर्देशनपछि आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी उनले दिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय तहको सिफारिस अनुसार सम्मेलनका लागि काम गरिदिन भनी मौखिक जवाफ दिएको बताइएको छ। उक्त सम्मेलन तथा विदेशीले महिनौँसम्म गर्ने कार्यक्रम कसरी गर्ने रु को को सहभागी हुने भन्ने सम्बन्धमा सरकारी निकायसँग विस्तृत विवरण छैन।

स्थानीय प्रशासनले रामारोशनमा आयोजना गर्ने भनिएको बृहत् सम्मेलनको विस्तृत विवरण मागेपछि समस्या आएको हो। उक्त सम्मेलनको विषयमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आधिकारिक जानकारी नआएको बताइएको छ।

अछाम प्रदेशनाका चौखुट्टेमा रोकिएका एक सयभन्दा बढी विदेशी नागरिक तीन दिनदेखि त्रिपालमा बसिरहेका छन्। माथिबाट अनुमति आउने भन्दै प्रहरीको सुरक्षामा विदेशी नागरिक तीन दिनदेखि त्रिपालमा बसिरहेको चौरपाटी गाउँपालिका–६ का वडा सदस्य भानसिंह साउदले जानकारी दिए । यस्तै अछाम प्रवेशको पूर्वीनाका बेलखेतमा तीन दिन बसेर १६ जना विदेशी पर्यटक शनिबार फर्किइसकेका छन्। माथिको आदेश भन्दै प्रहरीले जिल्ला प्रवेश गर्न नदिएपछि उनीहरू फर्केका हुन्।

रामारोशन पुगेकामध्ये ४९ जनाको विवरण सङ्कलन गरिएको रामारोशन पुग्नुभएका अछाम प्रहरीका निरीक्षक राजेन्द्र साउदले भने। “विदेशीलाई सुरक्षा दिनेसँगै पासपोर्ट, भिसा मितिलगायत हेरिरहेका छौँ।” अधिकांश भारतबाट नेपालका बनवासा, सुनौली, रुपैडिहालगायतका नाका हुँदै नेपाल आएर रामारोशन पुगेको बताइएको छ।

विदेशीलाई रामारोशनमा पुग्न सहयोग गरिरहेका नेपाली सुजन खनालका अनुसार चीन, अफगानिस्तान र साउदी अरबबाहेकका लगभग सबै देशका नागरिक रामारोशन पुग्ने भए पनि उनीहरूले रमाइलो मात्रै गर्ने दाबी गरे ।

  • पर्यटक अलपत्र
सोमबार, असोज ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

समाचार

सबै

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.