• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

कञ्चनपुरमा बिरामीलाई टाँका लगाइरहेका अहेबको घाँटी न्याकियो

  •   बुधबार, असोज ०३, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्‍चनपुरमा बिरामीको उपचार गरिरहेका एक जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ। मंगलबार राति करिब साढे ११ बजे बेलौरी नगरपालिका-४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो। उनीमाथि बेलौरी-२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेका हुन्। अहिले दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ।

भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ। यता रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको देखिन्छ। केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ। अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन्।

उनका अनुसार घटना साढे ११ बजेदेखि १२ बजेबीच भएको थियो। उनका नाता पर्ने एक जना लडेर टाउकोमा चोट लागेको थियो।उपचारको लागि उनलाई केन्द्रमा पुर्‍याइएको थियो। एम्बुलेन्स देखेर रामबहादुरलगायत केही युवाहरू पनि स्वास्थ्य केन्द्रमा प्रवेश गरेका थिए।

‘राति म बिरामीको टाउकोमा टाँका लगाउन लागिरहेको थिएँ। घाइते मेरै चिनजानका मान्छे हुन्। उपचार गराइरहेको बेलामा एक्कासी उनीहरू अराजकतापूर्वक आए,’ गैरेले भने, ‘उनीहरू बर्थडे मनाएर आएका रहेछन्। यसपछि बजार डुलेर हिँडेका रहेछन्।’

उनका अनुसा रामबहादुर केन्द्रमा पुगेका कुनै बिरामीसँग सम्बन्धित थिएनन्। रामबहादुरले एक्कासी आएर अध्यक्ष र इन्चार्जलाई खोजेका थिए। त्यसैबीच उनी आएर गैरेसँग विवाद गर्न पुगेका थिए।

‘एक्कासी आएर अध्यक्षको नम्बर दे, इन्चार्जको नम्बर दे भन्न थाले। मैले हातमा ग्लभ्स लगाइरहेको थिएँ। हातमा खुन लागिरहेको थियो। टाँका लगाउन म घाउ सफा गरिरहेको थिएँ। एकछिन बाहिर बस्नुस् भन्दा मलाई नम्बर नदिने, को होस् तँ बाहिर जा भन्ने, भनेर सिँधै घाँटी समाएर पछाडि ठोक्काए,’ उनले भने।

एउटै गाउँका भएर चिनजान पनि भएको उनले बताए। रामबहादुरले इन्चार्जमाथि पनि गालीगलौज गरेको उनको भनाइ छ। घटना हुँदा एक जना प्रहरी पनि घटनास्थलमा देखिएका छन्। घटना भएपछि प्रहरी हवल्दारले थप प्रहरीलाई बोलाएको पनि गैरेले बताए।

उनले दुर्व्यवहार गर्नेविरूद्ध जाहेरी दिने तयारी गरिरहेको बताएका छन्। आफूमाथि हातपात, दुर्व्यवहार भएको भन्दै जाहेरी दिन लागेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले आरोपित व्यक्ति बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीमा पुगेको बताए।उपचारको क्रममा ढिला सुस्ती गरेको भनेर हातपात भएको भन्ने खबर आफूले पाएको उनले बताए।

‘उपचारको क्रममा ढिला सुस्ती गरेको हुँदा हामी आक्रोशित भएको भनेर भनेका छन्। जस्तो भए पनि त्यो कुरा न्यायोचित हुँदैन। त्यस विषयमा छलफल गर्न तयार छौं भनेर हातपात गर्ने व्यक्ति इप्रकामा पुगेका छन्।

पीडित पक्ष मुद्दा चलाउनुपर्छ भन्नेमा छन्। जाहेरी आइसकेको छैन,’ एसपी थापाले भने, ‘त्यस विषयमा पहिलो चरणमा छलफल भयो भने भयो। नभए जाहेरी ल्याउनुभयो भने मुद्दा चलाउने प्रहरीको तयारी छ।’

दुई पक्षबीच छलफल भएपछि घटनाबारे विस्तृत थाहा हुने उनले बताए। यसअघि गत साता मकवानपुरको हेंटौडामा रहेको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए। बिरामीको मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरेका हुन्।

उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी भएकाहरू अहिले फरार छन्।

 

  • अहेबको घाँटी न्याकियो
बुधबार, असोज ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

समाचार

सबै

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.