दार्चुला- दार्चुला प्रहरीले घरेलु मदिरा बरामद गरेको छ । जिल्लाको मार्मा गाउँपालिका९ बर्कुमा कच्चा पदार्थसहित ६९० लिटर घरेलु मदिरा बरामद गरिएको हो ।
बुधवार बर्कुका स्थानीय कृषन महरको घरबाट ६ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र ५ लिटर अवैध मदिरासमेत बरामद गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मार्माका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
बर्कुका स्थानीयहरूले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा बुधवार बिहान साढे तीन बजे छापा हानिएको प्रहरीले जनाएको छ ।
साथै मदिरा बिक्री वितरण गर्ने महरलाई मार्मा गाउँपालिकाको आर्थिक ऐन २०८० अनुसार पहिलो पटकको लागि आठ हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ ।













