धनगढी- कैलालीको धनगढीमा चौतारी साँझ हुने भएको छ। प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा भोलि (शनिबार) चौतारी साँझ हुने आयोजकले जनाएको छ। पत्रकार अक्षयकोश स्थापनाको लागि चौतारी साझको आयोजना गरिन लागेको प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष भानुभक्त आचार्यले बताए।
चौतारी साँझ आयोजनाको विषयमा आज धनगढीमा पत्रकार सम्मेलन नै गरेर चौतारी साँझ आयोजनाको उद्देश्य र तयारीको विषयमा जानकारी गराइएको हो।
चौतारी साँझमा कलाकार रामप्रसाद अवस्थी,लालबहादुर धामी, राजा राजेन्द्र, बद्री पंगेनी, समिक्षा अधिकारी र सोनु कुश्मी आउन लागेको समेत आयोजकले बताएको छ।













