• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

कञ्चनपुरमा धानबाली नष्ट हुनुको कारण पत्ता नलाग्दा अन्योल

"सरकारी प्रयोगशाला नभएपछि निजीमा परीक्षण गरिँदै "
  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै पत्ता लागेको छैन । उक्त क्षेत्रको पानी र माटोको नमुना परीक्षणका लागि पठाएको एक महिनासम्म पनि नार्कबाट परीक्षण रिपोर्ट नआउँदा कारण प्रष्ट हुन नसकेको हो ।

साउन अन्तिम साताको बाढीले डुबानमा परेको क्षेत्रमा ठूलो मात्रामा धानबाली नष्ट भएको छ । पुनर्वास-५ को सिमरी र उद्री तथा वडा नम्बर १० परासनमा बाढीपछिको डुबानले ३ सय ८५ बिघाको धान र २ सय १८ बिघाको उखुमा क्षति पुगेको छ । डुबान घटेको दोस्रो-तेस्रो दिनदेखि धानका बोट सुक्न थालेको थियो । एक सातामै उक्त क्षेत्रमा धान सुकेर नष्ट भएको छ ।

स्थानीयले नजिकै रहेको भागेश्वर सुगर मिलबाट बाढीसँगै बगेर आएको केमिकलका कारण धान नष्ट भएको आरोप लगाएका छन् । सिमरीमै रहेको सुगर मिलले जथाभावी छाडेको केमिकल बगेर धान खेतमा पुगेको उनीहरुको आरोप छ । ‘धान सुक्न थालेपछि हामीले माटो र पानीको नमुना परीक्षणका लागि पठाएका थियौं,’ पुनर्वास नगरपालिकाको कृषि शाखाका प्रमुख कर्ण बहादुर शाहीले भने, ‘तर हालसम्म परीक्षण रिपोर्ट आएको छैन ।’ उनका अनुसार सुदूरपश्चिम प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा नमुना पठाइएको हो ।

कृषि शाखा प्रमुख शाही परीक्षणबारे निरन्तर सोधपुछ गरिरहेको बताउँछन् । पानीको परीक्षण नार्कमा सम्भव नभएपछि निजी प्रयोगशालामा पठाएको जानकारी पाएको उनले बताए ।

‘सरकारी स्तरमा यसरी पानी परीक्षणका लागि प्रयोगशाला नै छैन भन्ने जानकारी आयो,’ सुदूरपश्चिम प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुश्मीले भने, ‘नार्कले निजी वाटर इन्जिनियरिङ कम्पनीलाई नमुना परीक्षणका लागि दिएको छ ।’ निजी कम्पनीले एक साताभित्रै परीक्षण रिपोर्ट दिन सकिने जानकारी आएको उनले बताए । यस विषयमा नार्कसँग समन्वय भइरहेको पनि उनको भनाइ छ ।

पानीमा विषादी वा केमिकल परीक्षणका लागि नार्क वा नाष्ट कतै पनि प्रयोगशाला नभएको जानकारी पाएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । जसका कारण परीक्षणमा समस्या भइरहेको हो । धान र उखु नष्ट हुने कारण पत्ता नलाग्दा कृषकहरु राहात तथा क्षतिपूर्तिका लागि समेत अन्योलमा छन् । पालिकाले कारण पत्ता नलगाइ अन्य प्रक्रिया अगाडि बढाउन नसिकने जनाएको छ ।

मन्त्रालयले पनि कारण पत्ता लागेपछि आवश्यक विवरण संकलन गरेर राहात तथा क्षतिपूर्तिका लागि केही प्रक्रिया अगाडि बढाउन सकिने कृषि प्रसार अधिकृतसमेत रहेका कुश्मीले बताए । सुगर मिलबाट कमजोरी भएको देखिए त्यहीअनुसार कृषकहरुले क्षतिपूर्तिका लागि दाबी गर्न सक्ने उनको भनाइ छ ।

साउन अन्तिम साता आएको बाढीले दोदा नदी किनारको सिमरी, उद्री र परासन क्षेत्र डुबानमा परेको थियो । दुईरतीन दिनपछि पानी घटेको थियो । तर पानी घटेपछि एकाएक धान सुक्न थालेपछि किसान आत्तिए । उनीहरुले सुगर मिलकै केमिकलका कारण धानबाली सुकेको बताएका छन् ।

‘धान मरेर खेत बाँझै छ, केले सुक्यो भन्ने कारण समेत पत्ता लागेन,’ उद्रीका कृषक रामसिंह रानाले भने, ‘वडा कार्यालयमा निवेदन दिएका छौं, त्यसपछि के भयो केही थाहा छैन ।’ उनको डेढ बिघाको धान पुरै नष्ट भएको छ । आधा बिघाको उखु समेत सुकेको उनले बताए । सिमरी, उद्री र परासन क्षेत्रमा बर्सेनि डुबान हुने गरेको छ । विगतमा अहिले झैं धान कहिल्यै सुकेको थिएन । तर यस पटक भने धान पुरै सखाप पारेको छ ।कान्तिपुरबाट

  • धानबाली नष्ट
आइतबार, असोज ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

समाचार

सबै

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.