• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

गोकुलेश्वर-खलंगा सडक २५ वर्षदेखि अधुरै

"सधै‌ बजेटमा प्राथिमकतामा पर्ने पुरानो सडक योजनामा अझै केही ठाउँ ट्रयाक खुल्नै बाँकी "
  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित

दार्चुला- गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने छोटो दूरीको खलंगा–खार–गोकुलेश्वर सडक निर्माण २०५५ सालमा सुरु भएको हो । ५२ किलोमिटर दुरीको यो खण्ड अझै बनिसकेको छैन ।

आर्थिक वर्ष २०५५/५६ बाट विभिन्न दातृ निकायको सहयोगमा ‘कामका लागि खाद्यान्न कार्यक्रम’मार्फत ककलेदेखि देथला, खार, दल्लेक हुँदै सदरमुकाम जोड्न उक्त सडक निर्माण सुरु गरिएको हो । कामका लागि खाद्यान्न कार्यक्रमले करिब ८ वर्षमा ४८ किलोमिटर सडकको ट्रयाक खोलेर तत्कालिन सरकारलाई हस्तान्तरण गरिएको उक्त कार्यक्रमका जिल्ला संयोजक रघुवीर सिह ठगुन्नाले बताए ।

उनका अनुसार ककलेदेखि खलंगासम्म ट्रयाक खोल्न मात्रै १५ करोड ६७ लाख खर्च भएको थियो । त्यसपछि उक्त सडकमा टुक्रा टुक्रामा तत्कालिन जिल्ला विकास समिति, सडक विभाग, प्रदेश सरकार र स्थानीय सरकारले लगानी गरेका थिए । अझैसम्म सडक सवारी स॥चारलनका लागि पूर्ण रुपमा तयार नभएको उनले बताए ।

अहिले महाकाली लोकमार्गअन्तर्गतको खलंगा-गोकुलेश्वर सडक ७२ किलोमिटरको पक्की सडक सञ्चालनमा छ । गोकुलेश्वरबाट सदरमुकाम जोड्ने वैकल्पिक छोटो दुरीको सडक लामो समयसम्म पुरा नहुँदा यो क्षेत्रका बासिन्दा समस्यामा छन् । उक्त सडकले गोकुलेश्वरबाट शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाको भूभाग भएर सदरमुकाम खलंगा जोड्छ ।

गोकुलेश्वरबाट सदरमुकाम जोड्ने वैकल्पिक मार्ग विगतदेखि नै कसैले चासो नदिदा अधुरै रहेको नौगाड-२ का गोविन्दसिह ठगुन्नाले बताए । मुलुक संघीय संरचनामा गएपछि सुदूरपश्चिम प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राखिएको घोषणा गरेको थियो । तर, अझै यो सडकमा वर्षका केही महिना सवारी चल्दैन ।

खारका जैमल ठगुन्नाका अनुसार यो मार्ग निर्माणका लागि राजनीतिक पहुँच पुगेको भए महाकाली लोकमार्ग यही क्षेत्र भएर बन्ने थियो । उतिबेला जिल्लाको लेकम क्षेत्रका नेताहरुले आफ्नो क्षेत्रमा सडक निर्माण गर्नका लागि लामो दुरी भएर लगेका थिए । उनले भने, ‘बहुदल आएपछि सडक निर्माणका लागि सर्भे भएको थियो । तर, अपुरै सर्भे भयो ।’

लेकम क्षेत्रका नेताहरुले उतैतिर सर्भे गरेर सडक निर्माण गरेको ठगुन्नाको भनाइ छ । अहिलेको सडकको मार्गमा पञ्चायतकालमै घोडेटो बनेको थियो । उक्त मार्ग भएरै २०५५/५६ बाट सडक निर्माण सुरु गरिए पनि अझै पनि पूरा गर्न नसकेको देखेर दुःख लागेको उनले सुनाए । ‘कैयन निकायबाट यो सडक निर्माण भयो । वर्षका ३र४ महिना पक्की सडकमा गाडी गुड्छन् । बाँकी समय पुरै बन्द हुन्छ‚’ उनले भने ।

साबिकको जिल्ला विकास समितिले प्रस्ताव गरेका सडकहरुलाई अहिले प्रदेश र स्थानीय तहहरुले प्राथकितामा राखेका छन् । तीन दशक अघिदेखि प्रस्ताव गरिएका केही सडक अझै निर्माणाधीन अवस्थामा छन् । सबैभन्दा पुरानो गोकुलेश्वर–खार दल्लेख–खलंगा सडक खण्ड समेत निर्माणधीन अवस्थामा रहेको तथ्यांकमा उल्लेख छ । उक्त सडकमा अहिले छोटो दुरीका साना सवारी साधनहरुको आवागमन हुने गरेको छ ।

अहिले यो सडक सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा छ । आर्थिक वर्ष २०७७/७८ कै बजेटमा प्राथमिकतामा राखेर तीन वर्षमा कालोपत्रे गरिसक्ने भनिए पनि अहिलेसम्म ट्रयाक खुलेको छैन । ‘प्रदेश सरकारमा यहीका स्थानीय मन्त्री भएपनि सडक निर्माणमा ध्यान पुगाउन सकेनन्‚’ नौगाड-३ का प्रेमसिंह ठगुन्नाले भने, ‘बजेटमा प्राथमिकतामा राखे पनि निर्माण कार्यमा कसैको ध्यान नपुग्दा अहिले पनि पैदल हिडेर गाउँबाट सदरमुकाम आउनु परेको छ ।’

पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जंगबहादुर थापाका अनुसार नौगाड गाउँपालिकाको होपरीगाड–खार क्षेत्रमा काम भइरहेको छ । यो सडक खण्डको तीन ठाउँमा सडक कालोपत्रे गर्न ठेक्का लागेको भए पनि एक ठाउँमा मात्र काम भइरहेको छ । दुई प्याकेजमा २२ किलोमिटर सडक कालोपत्रे गर्न देथलादेखि खार क्षेत्र र सदरमुकाम खलंगादेखि झुस्कुमोडसम्मको साढे ८ किलोमिटर खण्डमा कालोपत्रे गर्न ठेक्का भएपनि एक ठाउँमा मात्र काम भइरहेको उनले बताए ।

गत वर्षको बाढीले गर्दा सडक निर्माणमा प्रभावित भएको हो । ‘खलंगा क्षेत्रमा अहिलेसम्म काम भइसक्थ्यो‚’ थापाले भने, ‘गत भदौको बाढीले सडकको ट्रयाक नै बगाएपछि काम हुन सकेको छैन ।’ नौगाड क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएपछि सडक निर्माणमा प्रगति छैन । आगामी असारभित्र २२ किलोमिटरको कालोपत्रे सक्ने गरी ठेकेदारलाई परिचालन गरिएको उनको भनाइ छ ।

यो वर्ष यो सडक खण्डमा १६ करोड बजेट विनियोजन भएको छ । खलंगादेखि काटै खण्डमा बाढीले अधिकांश ठाउँमा ट्रयाक नै बगाएपछि नयाँ सर्भे गर्नुपर्ने भएकाले एक सातापछि भौतिक पूर्वाधार मन्त्रालयको टोली आउने तयारी रहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

तत्कालिन जिविसले पुरै जिल्लालाई सडक सञ्जालमा जोड्न १८ वटा सडक प्रस्ताव गरेको थियो । प्रस्तावमा झण्डै अढाई किलोमिटरदेखि ६२ किमिसम्म लम्बाइका १८ सडक प्रस्ताव तथ्यांकमा मात्रै छ । प्रत्येक गाविसलाई सदरमुकामसँग जोड्न जिल्लामा विभिन्न सडकहरु प्रस्ताव गरेको जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले बताए । कान्तिपुरबाट

 

  • गोकुलेश्वर-खलंगा सडक
आइतबार, असोज ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

समाचार

सबै

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.