• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

आयोडिन नूनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण

  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित

सुदूरपश्चिम- आयोडिनयुक्त नून उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ । यो नूनको उपभोग गर्ने जनसङ्ख्या बढेसँगै पहिलेको जस्तो सुस्त मनस्थिति, पुट्कोपना, गलगाँड हुनेजस्ता शारीरिक समस्या न्यूनीकरण हुँदै गएको पाइएको बाजुरा जिल्ला अस्पतालका प्रमुख नृपराज गिरीले बताए ।

“आयोडिन नून र पोषणयुक्त अन्य खानेकुराको उपभोग बढेकाले हुनसक्छ, अस्पतालमा पछिल्ला दशकमा प्रसूति सेवा लिन आउने माहिलाबाट पुट्कोपना, ख्याउटेपना र सुस्त मनस्थितिका शिशु जन्मिएको विवरण देखिँदैन,” उनले भने, “गलगाँडको समस्या लिएर आउने नयाँ बिरामी पनि छैनन् ।”

आयोडिनयुक्त नूनको पहुँच सबै ठाउँमा नपुग्दा कतिपय नागरिकले विगतमा आयोडिन तत्व नभएको ढिके नून उपभोग गर्नुपर्ने बाद्यता थियो । आयोडिन तत्वका साथै भिटामिन ‘ए’ को कमीका कारण मानिसको बुझ्ने तथा सिक्ने क्षमतामा ह्रास आउने, सुस्त मनस्थितिका सन्तान जन्मिने, गलगाँड हुने, महिनावरी हुने महिलामा अत्यधिक रक्तस्राव हुने, महिनावारी अनियमित हुने ,वयस्क व्यक्तिको प्रजनन् क्षमता कमजोर हुनेलगायत स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

आयोडिनयुक्त नूनको उपभोग गर्दा हुने फाइदा र नगर्दा हुने बेफाइदाका बारेमा पहिलेको भन्दा जनतामा चेतना बढेको पाइएको स्थानीयवासी ज्ञानबहादुर शाहीले सुनाए । “पहिल्यैदेखि घरमा ढिके नून उपभोग गर्ने बानी परेकाहरू पनि अहिले पोकाको आयोडिनयुक्त धुलो नून उपभोग गर्ने गरेका छन्” उनले भने ,”आयोडिन नूनका बारेमा अहिले सबैमा चेतना आइसकेको छ ।” उक्त नून बिक्री वितरणको दायित्व बोकेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नेपालमा यो नून उपभोग गर्ने जनसङ्ख्या ९३ प्रतिशत पुगेको जनाएको छ ।

कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले भने,“आयोडिनयुक्त नून खानुपर्छ भन्ने चेतना नागरिकमा पहिलेको भन्दा निकै बढेको छ, यसको पहुँच पनि सबैतिर पुगेको छ, आयोनूनको उपभोग गर्ने बढेसँगै मानिसको स्वास्थ्यमा देखिने विकृति अहिले पूरै हटेको छ ।” सात प्रतिशत जनसङ्ख्याले भने खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैधरुपमा आयात गरिने ढिके नून उपभोग गरिरहेको पाइएको छ ।

यसरी भित्रिने ढिके नूनमा आयोडिनको मात्रा नहुने भएकोले खान नहुने बताइन्छ । ढिके नून आयोनूनको मूल्यभन्दा कम पर्ने हुँदा सीमा क्षेत्रका कतिपयले यो नून उपभोग गर्ने गरेका हुन् । आयोडिनयक्त ढिके नून भने छिटपुट रुपमा बिक्री वितरण हुने गरेको छ ।

यस्तो ढिके नूनको बाहिरी भागमा हुने आयोडिनतत्व धोइपखाली प्रयोग गर्नुपर्दा त्यसमा रहने आयोडिन तत्व नष्ट हुने गर्छ । नेपाल सरकार र लिमिटेडको संयुक्त पहलमा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लासहित देशका २२ दुर्गम जिल्लामा तोकिएको कोटाअनुसार सहुलियत मूल्यमा ‘भानु ब्राण्ड’को आयोनून बिक्री वितरण भइरहेको छ ।

सरकारले ढुवानी अनुदान र कर्पोरेशनले प्रतिकिलोमा छ रुपैंया छुट दिएर दुर्गम जिल्लामा यो नून प्रतिकिलो रु नौ मा बिक्री वितरण गरेको हो । सुदूरपश्चिम प्रदेशमा आव २०८०र८१मा २४हजार पाँचसय १४ क्वीन्टल सहुलियत मूल्यका नूनको कोटा तोकिएकामा गत भदौ अन्तिमसम्म चार हजार नौसय १५ क्वीन्टल नून सम्बन्धित जिल्लामा ढुवानी भइसकेको कर्पोरेशनको धनगढीस्थित प्रदेश कार्यालयले जनाएको छ । अनुदान नदिइएको आयोडिनयुक्त शक्ति र आयो नून भने कर्पोरेशनले बजारमा प्रतिकिलो रु १५ मा बिक्री वितरण गर्ने गरेको छ ।

कर्पोरेशनका विभागीय प्रबन्धक झा नेतृत्वको एक टोलीले अछाम, बझाङ, बाजुरालगायत जिल्लामा आयोडिन नूनको आपूर्ति व्यवस्थापन र देखिएका समस्यालगायत विषयमा केही दिनअघि स्थलगत निरीक्षण अनुगमन गरेको थियो । समयमै आपूर्ति व्यवस्थापन हुननसक्दा कतिपय समयमा यो नून पाउन समस्या हुने गरेको स्थानीयवासीको गुनासो पनि छ ।

घरपालुवा गाईबस्तुका लागिसमेत यो आयोडिन नूनको जोहो गर्न खोज्दा मान्छेका लागि नपुगेर कहिलेकाहँी आपूर्तिमा समस्या देखिने गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए । उनले भने, “भौगोलिक विकटतासँगै जनभावनालाई मध्यनजर गरी यो नूनको आपूर्तिका लागि कोटा निर्धारण गर्न आवश्यक छ ।”

नेपालमा पहिलो पटक सन् १९६५मा गरिएको सर्वेक्षणकाअनुसार त्यसबेला आयोडिनको कमीका कारण ५५ प्रतिशत जनताको स्वास्थ्य कुनै न कुनै रुपमा असर परेको थियो । जन्मिने चार प्रतिशत बालबालिका सुस्त मनस्थितिका हुन्थ्ये ।

सरकारको नीतिगत निर्णयपछि सन् २०७३ देखि नेपालमा आयोडिन नून बिक्री वितरण थालिएको हो । नूनको सहज आपूर्ति गर्न स्थापित कर्पोरेशनले हाल नूनसहित अन्य दैनिक उपभोग्य वस्तु र रासायनिक मल सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए । रासस

  • स्वास्थ्य समस्या न्यूनीकरण
आइतबार, असोज ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

समाचार

सबै

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.