धनगढी- आइतबार रातिदेखि बिहानसम्म परेको अविरल वर्षापछि धनगढीमा बजार क्षेत्र जलमग्न भएको छ । सेती प्रादेशिक अस्पताल क्षेत्रभित्र बिरामी राख्ने वार्डसम्मै पानी पसेको छ । निर्माणाधीन मुख्य सडक डुबानमा परेको धनगढीमा पार्क मोडदेखि कैलाली पुलसम्मको सडक जलमग्न भएको छ । आवागमन प्रभावित छ ।
यतिबेला उपमहानगर पालिकाले स्काइभेटर परिचालन गरेर पानी निकासको प्रयास गरिरहेको छ । धनगढी बजार क्षेत्रको मूल सडक चौराहदेखि क्याम्पस रोडसम्म पुरानो सडक भत्काएर नयाँ र चौडा बनाउने काम भइरहेको छ । नालीमा पानीको निकास नभएकाले सामान्य वर्षामा पनि धनगढी जलमग्न हुने गरेको छ ।















