कैलाली- सुदूरपश्चिम प्रदेशमा रहेका विषयगत समितिको निर्वाचन प्रक्रिया स्थगित भएको छ । आगामी शुक्रबार यहाँका चार वटा समितिको निर्वाचन तय गरिएको थियो ।
आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आगामी शुक्रबार मतदान गर्ने गरि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गरेर कार्य तालिका समेत सार्वजनिक गरेको थियो । तर, निर्वाचन प्रक्रिया सुरु हुन तीन दिन वाकी रहँदा अनिश्चित समय सम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
अहिले निर्वाचन प्रक्रिया स्थगित भएको बारे प्रदेश सभा सदस्यहरुलाई समेत जानकारी गराइसकेको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।
















