बझाङ- बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिबार गाँजो (खर) काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । गाँजो काट्न गएकी बोहरा शनिवार बिहान ६ बजेतिर भीरबाट लडेकी थिइन्।
भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्। बोहरा भीरबाट अन्दाजी ३÷४ सय मिटर तल खसेकि थिइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।













