धनगढी- कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ। जिल्लाको जानकी गाउँपालिका–९ मा पूर्वखैरी फाटाका २३ वर्षीय हेमराज गिरीमाथि बिहीबार रातीको १० बजे हतियार प्रहार भएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार हतियार सोही ठाउँका २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्।
उनीहरूले गिरीको टाउकोमा हतियार प्रहार गरेको र घाइते उपचारका लागि नेपालगन्ज पठाइएको छ। यस्तै हतियार प्रहार गर्ने भारतीलाई चिसापानीबाट पक्राउ गरेको र अर्का उदयको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।













