• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च गठन

  •   बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित

धनगढी- विपद् व्यवस्थापनको क्षेत्रमा सम्पूर्ण सरोकारवालाहरूको अपरिहार्यतालाई मनन गर्दै, सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च गठन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बुधबार संयुक्त रूपमा आयोजित कार्यक्रममा उक्त कार्यमञ्च गठन गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का सदस्य डा। गङ्गालाल तुलाधर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रतिनिधि स्मिता पौडेल लगायत सरोकारवालाहरूको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी वृहत् छलफल पनि गरिएको छ ।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घ विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय सचिवालयबाट विश्वव्यापी रूपमा विभिन्न तहमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन गरी विपद् व्यवस्थापनका कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै तहका सरकारलाई आग्रह गरे बमोजिम नेपाल सरकार गृह मन्त्रालयले २०६९ सालमा “विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च” गठन गरी “विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च नेपालको कार्य सञ्चालन मार्गदर्शन, २०७७ स्वीकृत गरी लागू गरिएको जानकारी गराइएको छ । कार्यमञ्चको सचिवालय डीपीनेटको तर्फबाट डा। राजु थापाले उक्त मार्गदर्शन अनुसारको प्रादेशिक कार्यमञ्च गठन गर्न विगतमा तीन पटक प्रदेश स्तरमा छलफल कार्यक्रम गरी प्राप्त सुझाव समेत कार्यक्रममा प्रस्तुत गरेका छन् ।

नेपाल सरकारका पूर्व सचिव केदार न्यौपानेले कार्यमञ्चको प्रस्तावित संरचनाको प्रस्ताव पेश गर्नु भएको थियो । जस अनुसार कार्यमञ्चको अध्यक्षता आन्तरिक मामिला तथा कानुन मन्त्रीले गर्ने र सङ्घीय कार्यमञ्च जस्तै गरी क) सरकारी निकाय, ख) अर्ध सरकारी निकाय, ग) युएन तथा दातृ निकाय, घ) अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ङ) गैरसरकारी संस्था, च) प्राज्ञिक क्षेत्र, छ) निजी क्षेत्र, ज) सञ्चार क्षेत्र, झ) विपद् प्रभावित समूहको प्रतिनिधि सदस्य हुने तथा डीपीनेट सुदूरपश्चिमले सदस्य सचिवको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गरिएको थियो । सोही प्रस्ताव अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा कार्यमञ्च गठन गर्ने निर्णय गर्दै कार्यमञ्चका सदस्यहरूको सम्बन्धमा थप छलफल गरी कार्यमञ्चलाई पूर्णता दिने निर्णय गरिएको छ ।

परिषद्का विज्ञ सदस्य डा। तुलाधरले प्रदेशले आफ्नो वस्तुस्थिति तथा वास्तविकतामा सबै क्षेत्रको प्रतिनिधित्व गराउने यस्ता कार्यमञ्च विपद् व्यवस्थापनको क्षेत्रमा कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । यसै गरी, कार्यक्रमका अध्यक्ष समेत रहनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले जोखिम न्यूनीकरण र व्यवस्थापन तथा आपत्कालीन मानवीय सहयोगका सन्दर्भमा समन्वय, सहकार्य, साझेदारी, अध्ययन, अनुसन्धान र ज्ञान आदानप्रदानलाई जोड दिनुपर्ने बताउँदै कार्यमञ्च मार्फत यस्ता कार्यहरू अगाडि बढाइने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकार विपद्का दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको र प्रदेशले विपद् जोखिम न्यूनीकरण गर्न हरतरह प्रयास गरिरहेको बताउँदै सङ्घीय सरकारले प्रदेशको विपद् संवेदनशीलता मनन गर्नुपर्ने धारणा व्यक्त गरे ।

  • विपद् जोखिम
बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

समाचार

सबै

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.