कैलाली- कैलालीको गोदावरी नगरपालिकाबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन्। लागु औषध खैरो हिरोइनसहित गोदावरी नगरपालिका –८ श्रीपुरका २० बर्षिय अनित चौधरी पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट १५० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। चौधरीलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरीले भनाई छ।















