कैलाली- सुदूरपश्चिम प्रदेशमा १ सय १७ सवारी दुर्घटना हुदा ३८ जनाको मृत्यु भएको छ ।चालु आव २०८०।८१ को मंसिर १६ गते सम्ममा सवारी दुर्घटनाबाट ३८ जनाको मृत्यु भएको हो भने १ सय ३५ जना घाइते भएका हुन ।
ओभरटेक १,तीब्रगति ६८,चालक निदाएको २,मादक पदार्थ सेवन ५,सवारी चालक अनुमति पत्र प्राप्त नभएको ५,अन्य ५,यान्त्रिक गडबडी ३,पुरानो १,ब्रेक नलागेको ४,ओर्लदा १,खाल्टाखुल्टी ३,घुम्तीमोड २, कच्ची सडकका कारण ३ सवारी साधन दुर्घटना भएका छन ।
त्यसैगरी हुस्सुकुहीरोको कारण १, चौपायाको कारण १३ गरी ११७ सवारी साधन दुर्घटनामा परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक अनिलकुमार उपे्रतीले जानकारी दिए । ‘मापसेबाट थोरै दुर्घटना भएका छन भने बढी पशुचौपायका कारण दुर्घटना भएको देखिन्छ’ उनले भने ‘यसको व्यवस्थापन गर्न अनिवार्य भईसकेको छ’ ।
३८ जनाको मृत्यु र १३५ जना घाईते हुनु भनेको चानचुने कुरा नभएको उनको जिकीर छ । चालकको लाफरबाहीको कारण दुर्घटनाको मुख्यकारण हुदै आएको उनले बताए । त्यस्तै आव २०८०।०८१ को मंसिर १६ गते सम्ममा २७ हजार नौ सय दुई सवारी साधन कार्बाही गरिदा एक करोड ८० लाख ६० हजार रुपैया राजश्व संकलन भएको उनले बताए ।













