धनगढी- डोटीमा एक जनाको शव फेला परेको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ स्थित सिद्धबाबा मन्दिर नजिक खोलामा पुरुषको शव फेला परेको हो।
वडाध्यक्ष जगतबहादुर मल्लका अनुसार शनिवार साँझ नाम, ठेगाना वतन नखुलेका पुरुषको शव फेला परेको छ।
जङ्गलमा घाँस काट्न गएका स्थानीय महिलाले शव देखेपछि खबर गरेका थिए। वडा सदस्य र स्थानीय प्रहरी घटनास्थल गएका थिए।















