कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दीपेन्द्र भण्डारीको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो।
भीमदत्त नगरपालिका-१५ गोबरियास्थित महेन्द्रनगर–मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई महाकाली प्रादेशिक अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।















