धनगढी- कैलालीको गोदावरी नगरपालिका – ६ का स्थानीयले गोदावरी नगरपालिका घेराउ गरेका छन । स्थानीयले जग्गा नापीको माग गर्दै नगरपालिका कार्यालय घेराउ गरेका हुन ।
स्थानीयले वडामा आधा परिवारको जग्गा नापी गरेर त्यसपछि कर्मचारी बेपत्ता भएको बताएका छन । स्थानीय जीत राज जोशीले आधा वडा मात्रै नापेर छोडिएपछि विरोध गरिएको बताए ।
‘हाम्रो वडामा मेयर गएर नै उद्घाटन गरेका हुन । त्यसपछि आधा नापेर अरु छोडिएको छ’ उनले भने ‘६ महिना अघि नापी टोली वडाबाट गएको थियो । अहिले सम्म फर्केको छैन । स्थानीयले १५ दिन भित्र जग्गा नापीको काम सुरु नभए नगरपालिका कार्यालयमा ताला लगाउने बताएका छन ।















