कञ्चनपुर- कञ्चनपुरमा दुई लाख बढी मूल्यका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट प्रहरीले करिब दुई लाख २२ हजार दुई सय मूल्यका अवैध सामान प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।
बिडी, जुत्ता, स्टिलका भाँडाकुँडा, तेल, सुर्ती, साबुन, काजु, फोटोकपी पेपर, मिठाई, मिस्री र सलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।















