धनगढी- कैलालीमा चितुवा मृत फेला परेको छ।जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरस्थित चाटिया सामुदायिक बनमा मंगलवार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका बन कार्यालय अत्तरियाको जिम्मा लगाईएको बताएको छ।
















