धनगढी– ललितपुरको बालकुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोलीबाट मारिएका बिरेन्द्र शाहको परिवारलाई सहयोग गरिएको छ ।
ईपीएस भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएको अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका शाहको परिवारलाई कोरियामा बसोबास गर्दै आएका मनकारी व्यक्तिहरुले सात लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई हस्तान्तरण गरेको हो ।
धनगढी उपमहानगरपालिका–१ बस्ने भीमबहादुर सिंहले सिउडी शाह युवा समाज धनगढीको समन्वयमा प्रवासीहरुबाट संकलित सहयोग रकम पठाएका हुन् ।
एनआरएनको दक्षिण कोरियाको उपाध्यक्ष महेश बजगाई समेतले संकलन गरि पठाएको रकम बुधबार अछाम सेवा समितिले धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुर हस्तान्तरण गरे ।
सिउडी शाह युवा समाजका उपाध्यक्ष भूपेन्द्र शाहले सहयोग रकम बराबरको चेक मेयर हमालले मृतकका बुवालाई हस्तान्तरण गरेको जानकारी दिए ।















