दार्चुला- दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको दुहु गाउँपालिका–४ फारा का ७२ वर्षीय दौलतसिंह कुँवर बिहिवार मृत फेला परेका हुन।
कुँवरको शव दुहु–३ सेरापाटास्थित सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको अवस्थामा फेला परेको हो। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको र घटनाबरे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।















