• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ५. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

कैलालीमा छ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित

कैलाली- कैलालीमा छ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको पूर्वाधार विकास कार्यालय कैलालीले हालसम्म जिल्लाका विभिन्न ठाउँमा ती पुल निर्माण गरेको हो । रु बाह्र करोड ३९ लाखमा निर्माण भएका झोलुङ्गे पुलबाट छ हजारबढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको पूर्वाधार विकास कार्यालय कैलालीका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए ।

प्रदेश सरकारको लागतमा निर्माण भएका छ वटा पुलमध्ये तीन वटा पुल उपभोक्ता समिति र तीन वटा पुल पूर्वाधार विकास कार्यालयले टेन्डरमार्फत सम्पन्न गरेको उनले बताए । सूचना अधिकारी खड्का अनुसार आव २०७७/७८ मा दुई वटा झोलुङ्गे पुल निर्माण भएका छन् । तीमध्ये एउटा पुलले कैलाली र डोटी दुई जिल्लालाई जोडेको छ । कैलालीको चुरे गाउँपालिका–१ र डोटीको जोरायल गाउँपालिका–६ जोड्ने १११.५ मिटरको निगाली झोलुङ्गे पुल ४६ लाख २२ हजारमा निर्माण सम्पन्न भएको तथा सात सय २० जना लाभान्वित भएको उनले बताए ।

त्यस्तै जोशीपुर गाउँपालिका–४ र जानकी गाउँपालिका–७ जोड्ने ८०.२ मिटरको बारीगाउँ झोलुङ्गे पुल ७१ लाख ४३ हजारमा निर्माण सम्पन्न भएको र एक हजार १० जना लाभान्वित भएका उनले बताए । आव २०७९/८० मा ४ वटा पुल निर्माण सम्पन्न भएका छन् । ८३ लाख ५२ हजारमा निर्माण भएको कैलारी गाउँपालिका–१ र ५ जोड्ने ९८ मिटरको डम्मरा बन्दरगौडी झोलुङ्गे पुलबाट पाँच सय ३४ जना लाभान्वित भएका पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

त्यस्तै घोडाघोडी नगरपालिका–९ र १० जोड्ने २ सय ८० मिटर लामो कान्द्रा नदी झोलुङ्गे पुल रु तीन करोड ८४ लाख २३ हजारमा निर्माण सम्पन्न भएको तथा एक हजार दुई सय जना प्रत्यक्ष लाभान्वित भएको, दुई करोड ७५ लाख ७४ हजारमा घोडाघोडी नगरपालिका–४ मा बनेको दुई सय तीन मिटरको टयाङ्ना खोला झोलुङ्गे पुलले एक हजार पाँच सय जना प्रत्यक्ष लाभान्वित भएको र तीन करोड ७७ लाख ८६ हजारमा निर्माण भएको गोदावरी नगरपालिका–९ शेहरी र वल्मी जोड्ने २८०.६ मिटरको सहरी–बल्मी झोलुङ्गे पुलले एक हजार दुई सय ५० जनाभन्दा लाभान्वित भएको सूचना अधिकारी खड्का बताए ।

पुल बनेपछि आवतजावतमा धेरै सहज भएको कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका स्थानीय वीरबहादुर विकले बताए । उनले भने, “बल्मीबाट शेहरी जान वर्षात्को समयमा समस्या हुन्थ्यो । वडा कार्यालय पनि सेहरीमै जाने आउने काम परिरहन्छ । पुल बन्दा गत वर्षदेखि सहज भएको छ ।”

 

  • झोलुङ्गे पुल
बिहिबार, माघ २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

समाचार

सबै

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ५.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.