धनगढी- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब विकासका नेता बन्न जरुरी रहेको बताएका छन् ।
आइतबार कैलालीको वर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

समयले पूर्वाधारमा विकास फड्को मार्दै गएको बताउँदै उनले अबको समय भनेको विकास भएको बताएका छन् । नवनिर्मित भवन प्रविधिमैत्री बनाउन र छिटो सेवा उपलब्ध गराउन समेत उनले आग्रह गरे । आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रमा धेरै काम गरेको बताउँदै अध्यक्ष ओलीले भने कृषिमा आलु,केराखेतीलाई सुपरजोन बनाएर काम गरेको बताए । कृषि आधुनिकीकणका लागि मेसिन प्रयोगको तालिम आवश्यक रहेको बताउँदै उनले यो जिल्लामा मत्स्यपालन तथा कृषिमा धेरै सम्भावना भएको बताए । उनले भने ‘यस क्षेत्रले कृषि उत्पादनमा फड्को मार्ने मैले विश्वास लिएको छु ।’ भवनबाट जनतालाई सेवा दिने लगायत कुरामा सदुपयोग गरेर अघि बढ्न र नमुना पालिका बनाउन समेत उनले आग्रह गरे ।

अध्यक्ष ओलीले केहीबेरमा नेकपा एमाले कैलालीको सुखडमा जिल्ला अधिवेशन उद्घाटन गर्ने जनाइएको छ ।















