धनगढी- कैलालीको धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट १ ग्राम २२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित धनगढी–५ बस्ने २७ वर्षीय करन चौधरीलाई आईतवार दिउँसो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।













