• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • १०. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

गर्मी मौसम सुरुसँगै त्रासमा कैलालीका सुकुम्बासी बस्ती

  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित

कैलाली- कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी शारदा विश्वकर्मालाई गर्मी मौसम सुरु भएसँगै चिन्ताका दिन सुरु भएको महसुस हुन्छ । शिविरमा बस्दै आएकी शारदालाई शिविरमा सुकेका ठूला रुख कतिबेला घरको छानामाथि खसेर ज्यान जाने हो भन्ने त्रासले १७ वर्षदेखि पिरोल्दै आएको छ । वर्षौदेखि सुकेका रुख कतिबेला भुइँमा खस्छन् भन्ने ठेगान हुँदैन ।

‘गर्मी मौसममा हावाहुरीले रुख ढल्दा ज्यान गएका घटना आँखा अगाडि ताजै छन्, त्यो घटनाबाट बर्सेनि त्रासमा जीवन बिताउनुपर्ने बाध्यता हाम्रा अगाडि छ’, उनी भन्छिन्, ‘गर्मी मौसम सुरु भएदेखि वर्षायाम नसकिँदासम्म हाम्रा दुःखका दिन समाप्त हुँदैनन् ।’

वर्षौंदेखि पुनःस्थापनको पर्खाइमा बसेकी शारदाजस्ता सयौँ परिवार आज पनि त्यसैको पर्खाइमा रहेका छन् । टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुम्बासी आज पनि आफूहरुको पुनःस्थापन हुन्छ भन्ने आशामा छन् ।

टीकापुर नगर विकास समितिको मातहतमा रहँदा सो क्षेत्र जङ्गल थियो । क्याम्पसको नाममा हस्तान्तरण भएको केही समयमै तीन सय बिघा जग्गा अतिक्रमणमा परेपछि बर्सेनि स्थानीयले रुखको फेदका बोक्रा निकालेर रुख सुकाउने काम गरेका कारण आज उजाड बनिसकेको छ ।

शिविर बस्तीमा सुकेका रुख छन् । शिविरमा हरिया रुख नभए पनि सुकेका रुख कतिबेला ढल्ने हुन् भन्ने पत्तो हुँदैन । गर्मी मौसममा आउने हावाहुरीले त्यसरी सुकेका रुख ढल्ने र घरमुनि खसेर यसभन्दा अगाडि कैयौँ धनजनको क्षति भइसकेको छ ।

सोही शिविरमा १६ वर्ष बिताएकी विन्दु परियारको पीडा पनि शारदाको भन्दा फरक छैन । ‘हावाहुरी आउँदा घर बाहिर भाग्नुपर्ने स्थिति छ, दिनमा घर बाहिर भागे पनि रातिको समयमा कता भाग्ने रु’, विन्दु भन्छिन्, ‘अन्त कतै जाउ भने जाने ठाउँ छैन, यतै बस्दा ज्यान जोगाउन मुस्किल छ ।’ सरकारले आफुहरुको व्यवस्थापनका लागि ध्यान नदिँदा पीडामा जीवन बिताउनुपर्ने बाध्यता आफ्ना अगाडि रहेको उनको बुझाइ छ ।

एकतापुर शिविरमा बसोबास गर्दै आएका रामेश्वर चौधरीका अगाडि २०७६ मा हावाहुरीका कारण रुख घर माथि ढल्दा एक जनाको ज्यान गयो । रातिको समयमा आएको हावाहुरीले लाखौँको धनमाल नष्ट गर्‍यो । आँखा अगाडि भएको त्यो घटना रामेश्वरका लागि ताजै लाग्छ ।

ज्यानलाई हत्केला राखेर मृत्युसँग लडेर बाध्यताको बसाइँ बस्नुपरेको उनको भनाइ छ । ‘सुनाउन धेरै थियो, सुनिदिने हाम्रो कोही छैन, हामी सुकुम्बासीलाई अझै सुकुम्बासी बनाउन कैयौँ लागिपरेका छन्’, उनी दुखेसो पोख्दै भन्छन्, ‘प्राकृतिक विपत्तिले दिने दुःखमात्रै होइन, मानिसहरुले गर्ने व्यवहारबाट पनि हामी निकै प्रताडित छौँ ।’

शिविरमा अधिकांश घर माटोले निर्माण भएका छन् । माटो र काँचो इँटा प्रयोग भएका घरका लागि हावाहुरी मात्रै नभई वर्षात्को बाढी र डुबान पनि अर्को दुःख बनेर बसेको छ । डुबान हुँदा अधिकांश घर डुबानमा पर्छन् । घर डुबानमा मात्रै नभइ अधिकांश घर भत्किन्छन् ।

‘हिउँदमा घर निर्माण गर्दा एक बर्खा टिक्छ कि टिक्दैन भन्ने चिन्ता हुन्छ, अर्कोतिर किरा फट्याङ्ग्र्राको त्रास त्यस्तै हुन्छ’, स्थानीय रेशम चौधरी भन्छन्, ‘कहिले सरकारले हाम्रो व्यवस्थापन गर्ला भनेर कुरेर बसेको दशक हुँदा पनि हाम्रो व्यवस्थापन अझै हुन सकेको छैन ।’

उनले आज पनि राज्यले सुकुम्बासीलाई जग्गाको मालिक बनाउने आशा जिवित रहेको बताए । त्यतिमात्र होइन शिविरमा स्वच्छ खानेपानी छैन । स्वच्छ खानेपानीको उपलब्धता नहुँदा पनि अबका दिनमा विभिन्न सङ्क्रामक रोग फैलिनसक्ने जोखिम बढ्दै जाने स्थानीय बताउँछन् ।

वर्षौंदेखि जग्गा पाउने आशामा बसेका सुकुम्बासीले राष्ट्रिय भूमि आयोगको फाराम पनि भरेका छन् । फाराम भरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फाराम भरेका उनीहरुले जग्गाको निस्सासमेत प्राप्त गरिसकेका छन् । उनीहरुले बसोबास गरिरहेको जग्गा पाउनुपर्ने माग पनि गर्दै आएका छन् ।

उक्त जग्गा क्याम्पसको नाममा भएका कारण सो बस्तीका नागरिकलाई सोही स्थानमा व्यवस्थापन गर्न चुनौती छ । ‘दशक लामो समयदेखि यहीँ जग्गामा हामीले सुखदुःख नभनेर बेथित सहेका छौँ, कैयौँ आफन्तलाई कैयौँ प्राकृतिक विपत्तिमा गुमाउनुको पीडा हामीसँग छ’, स्थानीय डम्बर विश्वकर्मा भन्छन्, ‘हामी यसै ठाउँमा बस्छौँ, सरकारले बसेको स्थानलाई आधार बनाएर लालपुर्जा दिनुपर्छ ।’

नगरपालिकाको वडा नं १ ले वडाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको हकमा गर्नुपर्ने प्रक्रियाको काम गरिसकेको वडाध्यक्ष मोहन विक बताउछन् ।

‘फाराम भर्नेदेखि निस्सा वितरणसम्मको काम हामीले सकेका छौँ, त्यसपछि जग्गाको नापजाँच गर्ने र उहाँहरुलाई जग्गा उपलब्ध गराउने काममा नगरपालिकाले प्रक्रिया अगाडि बढाउँछ’, उनले भने । सुकुम्बासीले तीन सय बिघा जग्गा अतिक्रम गरेको दाबी गर्दै टीकापुर बहुमुखी क्याम्पसले वडा कार्यालयमा दाबी पेस गरेको छ । रासस

  • सुकुम्बासी बस्ती
सोमबार, चैत १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

समाचार

सबै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.