डडेल्धुरा-डडेल्धुरामा एक जना लागू औषधसहित पक्राउ परेका छन्। अमरगढी नगरपालिका-२ चालिसे मोड नजिकबाट ०.४९५ किलोग्राम लागू औषध (चरेश) सहित अमरगढी नगरपालिका-४ का ४३ वर्षीय कमल गुरुङ शुक्रवार दिउँसो पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से. ७ प. ३६१५ नम्बरको मोटरसाइकलको दाहिने लेक गार्डमा झुण्डाई लुकाई छिपाई राखेको चरेस फेला पारी उक्त पदार्थ र मोटरसाइकल सहित गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।













