कैलाली- कैलालीबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दाका दुई हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय गणेश रावत, गाली बेइज्जती मुद्दामा जनही एक हजार रुपैयाँ जरिवाना ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने ६० वर्षीय विष्णुलाल आचार्य र ३५ वर्षीय टीकाराम आचार्य र ज्यान मुद्दामा १० वर्ष कैद सजाय र एक लाख जरिवाना ठहर भएका लम्कीचुहा नगरपालिका-३ बस्ने ५४ वर्षीय लालमनी तिमलसेना रहेका प्रहरीले बताएको छ ।
उनीहरूलाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।













